मुख्यमन्त्री सरमाले केन्द्रिय राज्यमन्त्री पवित्र मार्घेरिटालाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्री सरमाले केन्द्रिय राज्यमन्त्री पवित्र मार्घेरिटालाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय राज्य मन्त्री पवित्र मार्घेरिटालाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले भने, पवित्र मार्घेरिटा असमको समृद्ध सांस्कृतिक विरासतकी एकजना महान समर्थक हुन् भने भारतको सन्देशलाई विश्वभरि फैलाउनको साथै असमको पारम्परिक वस्त्र अनि संस्कृतिको प्रचार-प्रसारको लागि निरन्तर कार्यरत् छन्।

उनले माँ कामाख्या औ महापुरुष श्रीमन्त शंकरदेवसेित मन्त्री मार्घेरिटाको दीर्घ औ स्वस्थ जीवनको प्रार्थना गरे।

भाजपा सदस्यको रूपमा मार्घेरिटा वर्ष 2022- देखि राज्यसभाको संसद सदस्यको रूपमा असमलाई प्रतिनिधित्व गर्दै आइरहेकी छन्। उनी वर्ष 2014-देखि राजनीतिमा सामेल भइन् अनि भाजपाको सक्रिय सदस्य बनिन्। वर्तमानमा उनी सूचना एवं प्रसारण मन्त्रालयको सल्लाहकार समितिकी सदस्य हु्न्। पवित्र मार्घेरिटाले तेस्रो मोदी मन्त्रीमण्डलमा क्याबिनेट राज्य मन्त्रीको रूपमा शपथ लिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande