दुर्गापुर ग्यांगरेपकाण्डः चौथो आरोपी पक्राउ, पाँचौंको खोजी जारी
दुर्गापुर ग्यांगरेपकाण्डः चौथो आरोपी पक्राउ, पाँचौंको खोजी जारी


कोलकाता, 13 अक्टोबर (हि.स.)। दुर्गापुरमा मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पुलिसले थप अर्को आरोपीलाई पक्राउ गरेको छ। यस पक्राउबाट अहिलेसम्ममा चारजना आरोपी पुलिसको कब्जामा आइसकेका छन् भने एकजना आरोपीलाई पुलिसले खोजिरहेको छ। पक्रा पर्ने चौथो आरोपी पनि स्थानीय नरहेको बताइएको छ। तथापि पुलिसले हाल उसको नाम खुलासा गरेको छैन।

पुलिसले गए आइतवारसम्ममा शेख रियाजुद्दीन, अपू बाउरी एवं फिरदौस शेख नामक तीनजना आरोपीहरूलाई पक्राउ गरेको थियो जसलाई दुर्गापुरको अदालतमा पेश गरेपछि दश दिनको रिमाण्डमा लिइएको छ।

पुलिस सूत्र अनुसार गए आइतवार पक्राउ गरिएका तीनैजना आरोपीहरूलाई अदालतमा पेश गरिएपछि पुलिसले कलेज नजिकै अवस्थित झाड़ीहरूले घेरिएको क्षेत्रमा ड्रोनको सहयोगमा छापा मारेर चौथो आरोपीलाई पक्राउ गऱ्यो। पुलिसको भनाइ छ, घटनाका मुख्य पाँचजना आरोपीहरूमध्ये चारजनालाई पक्राउ गरिसकिएको छ भने एकजनालाई खोजिँदैछ।

पुलिस सूत्रले यो पनि बतायो, पीड़िताको सहपाठी जो घटना घटेको राती पीड़ितासित थियो,-को भूमिका पनि संदिग्ध देखिँदैछ। जाँच अधिकारीले उसको बयान र गतिविधिको जाँच गरिरहेको छ।

घटनालाई लिएर राज्यमा राजनीति तातिएको छ। विपक्षी दलहरूले बंगालमा महिलाहरूको सुरक्षामाथि प्रश्न उठाइरहेका छन् भने अर्कोतिर मुख्यमन्त्री ममता ब्यनर्जीले भनेकी छन्, राज्य सरकारले अपराधको मामिलामा “जीरो टलरेन्स”- को नीतिलाई अप्नाइरहेको छ। उनले भनिन्, “जे भयो त्यो अत्यन्त निन्दनीय छ। मैले पुलिलाई कड़ा कारबाही गर्ने निर्देश दिएकी छु, कुनै पनि अपराधीलाई छोड़िनेछैन।”

यसबीच पीड़िताका पिताले भने, उनी आफ्नी छोरीलाई अब बंगालमा राख्न चाहँदैनन्। सुरक्षा कारणहरूले उसलाई ओडिशा लैजाने निर्णय लिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande