दुर्गापुर ग्यांगरेप मामिलाः थप दुई आरोपी पक्राउ, पक्रा पर्ने आरोपीहरूको संख्या पुग्यो पाँच
दुर्गापुर ग्यांगरेप मामिलाः थप दुई आरोपी पक्राउ, पक्रा पर्ने आरोपीहरूको संख्या पुग्यो पाँच


बर्दवान, 13 अक्टोबर (हि. स.)। दुर्गापुरमा मेडिकलकी छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पुलिसले थप दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। यस मामिलामा अहिलेसम्ममा पक्रा पर्ने आरोपीहरूको संख्या पुग्यो पाँच। पड़िताले आफ्नो बयानमा पाँचजना मानिसहरू सामेल रहेको बताएकी थिइन्।

पुलिसले पहिला नै तीनजना आरोपीहरूलाई पक्राउ गरेको थियो। त्यसपछि आइतवार राती पुलिसले शेख नासिरुद्दीन उपनाम सम्राट र शेख शफिकलाई पक्राउ गऱ्यो। पक्रा पर्ने सब आरोपीहरूलाई सोमवार दुर्गापुर महकुमा अदालतमा पेश गरियो।

यस मामिलामा एसीपी सुबीर रायले भने, पीड़िताले पाँचजना मानिसहरूमाथि सामूहिक दुष्कर्म गरेको आरोप लगाएकी थिइन्। जाँचपछि सब आरोपीहरूलाई चिन्हित गरी पक्राउ गरिएको छ।

पुलिसले अब सबै आरोपीहरूसित जाँचबुझ गरी यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि घटनाको षड़यन्त्र कसले रच्यो र यसमा कसको भूमिका थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande