जुबिन गर्गको मृत्युको जाँच पूर्ण गतिमा जारी छः मुख्यमन्त्री
जुबिन गर्गको मृत्युको जाँच पूर्ण गतिमा जारी छः मुख्यमन्त्री


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, जुबिन गर्गको निधनको जाँच विशेष जाँच दल (एसआईटी)-ले पूर्ण गतिमा गरिरहेको छ।

उनले बताए, सिंगापुरमा बस्दै आएका कतिपय प्रवासी असमियाहरू जाँच प्रक्रियामा सहयोग पुऱ्याउनका लागि असम आइसकेका छन्। अहिलेसम्म नआएकाहरूले यो कुरा बुझ्नुपर्छ कि यस जाँचमा सहयोग गर्नु उनीहरूको कानूनी अनि नैतिक दायित्व हो।

मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, विसरा रिपोर्ट आएपछि जाँच प्रक्रिया अपेक्षित दिशामा अगाड़ि बढ़्नेछ। डा. सरमाले भने, उनले यस सम्पूर्ण विषयमा भोलि फेसबुक लाइभको माध्यमबाट जनतालाई जानकारी दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande