अचानक घेऱ्यो, त्यसपछि सबै कुरा सिद्धियो …-पुलिसलाई दिइएको दुर्गापुर पीड़िताको पत्र, पत्रले बर्बरता बयान गर्दछ
अचानक घेऱ्यो, त्यसपछि सबै कुरा सिद्धियो …-पुलिसलाई दिइएको दुर्गापुर पीड़िताको पत्र, पत्रले बर्बरता बयान गर्दछ


कोलकाता, 13 अक्टोबर (हि. स.)। दुर्गापुरमा मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पीड़िताको संक्षिप्त, तर सठीक बयानले घटनाको बर्बरतालाई उजागार गरेको छ। छात्राले आधिकारिक सिकायतको रूपमा पुलिसलाई सुम्पिएको पत्र हिन्दुस्थान समाचार- को हातमा परेको छ। पत्रमा पीड़िताले आफूसित भएको बर्बरतालाई बयान गरेकी छन्।

पुलिस अनुसार पीड़िताले आफ्नो बयानमा लेखेकी छन्— “म आफ्नो साथीसित क्याम्पस बाहिर हावा खाइरहेकी थिएँ, अचानक केही मानिसहरू आए, हामीलाई गेरे अनि उनीहरूले मसित बलजफ्ती गरे।” यसमा पीड़िताले बताएकी छन्, केही मानिसहरूले मिलेर उसित दुष्कर्म गरे। उसको पुरूष साथीलाई पनि कुटेर त्यहाँबाट लखेटेको थियो।

यस छोटो बयानमा त्यस भयानक रातको सम्पूर्ण घटना लुकेको छ। पुलिस सूत्रले बतायो, पीड़िताको यसै बयानको आधारमा मामिला दर्ता गरी जाँचको दिशा तय गरियो। बयानबाट यो स्पष्ट भएको छ, घटना योजनाबद्द होइन, मौकाको फाइदा उठाएर गरिएको बर्बर घटना थियो।

जानकारी अनुसार कलेज क्याम्पसदेखि लगभग सात सय मीटर टाड़ा घना झाड़ीमा यो घटना भएको हो जहाँ विगत लामो समयदेखिको मदिरा लगायत अन्य नशालु पदार्थहरूको अड्डा सक्रिय थिए। आरोपी युवकहरूले पहिला छात्रा र उसको साथीलाई देखेपछि उनीहरूलाई रोकेर अभद्र टिप्पणी गरे। विरोध गर्दा तिनीहरूले छात्राको साथीलाई कुटेर लखेटे अनि छात्रालाई घिसार्दै जंगलतिर लगे जहाँ उसित सामूहिक दुष्कर्म गरियो।

पीड़िताले बताइन्, आरोपीहरूले उसित अमानवीय अत्याचार मात्र गरेनन् जबकि उसको मोबाइल फोन र ब्यागबाट पाँच हजार रुपियाँ पनि खोसे। घटनापछि जसोतसो पीड़िता कलेजमा फर्किन् अनि अधिकारीहरूलाई सम्पूर्ण घटना बारे बताइन्, त्यसपछि पुलिसलाई सूचना दिइयो।

जाँचमा जुटेका अधिकारीहरूले बताए, पीड़िताले बयान दिएको तुरून्तै नशाको अड्डामा छापा मारियो जहाँबाट समातिएका संदिग्धहरूको पहिचान पीड़िताका मित्रलेगरे जसमध्ये तीनजनालाई पक्राउ गरियो। यी आरोपीहरूको पहिचान शेख रियाजुद्दीन, अपू बाउरी र फिरदौस शेखको रूपमा भएको छ।

यसबीच पुलिसले बतायो, छापामारीको क्रममा पीड़िताको फोन आरोपीहरूसितै थियो जसले गर्दा लोकेशन ट्र्याकिंगको माध्यमबाट यिनीहरूको पक्राउ सम्भव भयो। हाल तीनै आरोपी पुलिस हिरासतमा छन् भने दुई संदिग्धहरूलाई खोजिरहेको छ।

घटनाले राज्यमा महिला सुरक्षालाई लिएर गहिरो चिन्ता उत्पन्न गरिदिएको छ। मुख्यमन्त्री ममता ब्यनर्जीले भनेकी छन्, दुर्गापुरको घटनामा सामेल कसैलाई पनि छाड़िनेछैन। यता राष्ट्रिय महिला आयोगले पनि यस मामिलालाई गम्भीर रूपमा लिँदै यथाशीह्र न्याय दिने माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande