हावड़ा, 13 अक्टोबर (हि.स.)। हावड़ा जिल्लाकोरामराजातलाक्षेत्रमा पटेका बनाउँदै गर्दा भएको विस्फोटमा परी एकजना श्रमिकको मृत्यु भयो। मृतककोनाम आकाश हेला (32)रहेको बताइएको छ। घटना हुँदा आकाशले रामराजातलास्थित एउटा घरमा पटाका बनाइरहेका थिए। अचानक भयानक विस्फोट भयो जसमा तिनी गम्भीर रूपमा घाइते भए।
घाइते आकाशलाई पहिला स्थानीय अस्पतालमा भर्ती गरियो। पछि तिनको गम्भीर अवस्थालाई केन्द्र गर्दै कोलकाताकोएम.आर. बांगुर अस्पतालमास्थानान्तरितगरियो। तर गए आइतवार आकाशको मृत्यु भयो।
पुलिस सूत्रअनुसारयो दुर्घटना रामराजातलाको अम्बिका कुण्डु लेनस्थित केबल व्यापारी प्रदीप लाहिड़ीको घरमा भएको थियो। भनिन्छ, काली पूजाको अवसरलाई मध्यनजर गर्दै पटाका बनाउने काम भइरहेको थियो, यसै क्रममा गत शनिवार साँझ विस्फोट भयो।
विस्फोटभएको तत्कालैपछि गर मालिक प्रदीप लाहिड़ी भागेका थिए, तर पुलिसले खोजी अभियान संचालन गरी उसलाई पक्राउ गऱ्यो।
च्यटर्जीहाट थानाकोपुलिस सम्पूर्णमामिलाकोजाँचमा जुटेको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार घरमा अवैध पटाका बनाइँदैैथ्यो। पुलिसले यो पनि जाँच गरिरहेको छ, विस्फोटमा प्रयोग गरिएको रसायनलाई कहाँबाट ल्याइएको थियो।
स्थानीय मानिसहरू अनुसार विस्फोटको आवाज अत्यन्त तीव्र थियो। विस्फोटको आवाज सुनेर वरपरका मानिसहरू घरदेखि बाहिर निक्ले। घटनास्थलबाट पटाका बनाउने सामग्री र आधा जलेको रसायनलाई जफत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा