तूफानगञ्जमा पुलिसको आँखा अगाड़ि नै भाजपा नेता-कार्यकर्ताहरूमाथि हमला
तूफानगञ्जमा पुलिसको आँखा अगाड़ि नै भाजपा नेता-कार्यकर्ताहरूमाथि हमला


कुचबिहार, 13 अक्टोबर (हि. स.)। कुचबिहार जिल्लाको तूफानगञ्जमा सोमवार पुलिसको आँखा अगाड़ी नै भाजपा कार्यकर्ता अनि समर्थकहरूमाथि कुटपुट गरेको आरोप तृणमूल कंग्रेसमाथि लागेको छ।

जानकारी अनुसार भाजपाले दुर्गापुरमा भएको कथित सामूहिक दुष्कर्मको घटनाको विरोधमा सोमवार तूफानगञ्ज थानालाई घेराउ गर्ने कार्यक्रम आयोजना गरेको थियो। यस प्रदर्शनमा सामेल हुनका लागि भाजपा नेताहरूसित तूफानगञ्जकी भाजपी विधायक मालती रावा राय पनि पार्टी कार्यालयमा पुगिन्।

भाजपाको आरोप छ, विधायक मालती रावा राय पार्टी कार्यालय बाहिर पुग्नसाथ तृणमूल कंग्रेस कार्यकर्ताहरूले उनलाई घेरेर गो ब्याक- को नारा लगाउन थाले। त्यसपछि भाजपा कार्यालय सामु तीव्र तनाउ उत्पन्न भयो।

भाजपाले दाबी गऱ्यो, तृणमूल कार्यकर्ताहरूले पुलिसको उपस्थितिमा भाजपा नेता तथा कार्यकर्ताहरूमाथि सार्वजनिक रूपमा सड़कमा लड़ाएर कुटे। दुई पक्षबीच झड़प भयो जसबाट मुख्य सड़कमा जाम लाग्यो। पछि पुलिसले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रण गऱ्यो।

----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande