खरसाङ, 13 अक्टोबर (हि.स.)। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा आज संगठनका कार्यवाहक सचिव रञ्जन तामाङकाे अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा खरसाङका प्रतिनिधिहरुलाई लिएर सम्पन्न भयो।
सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीका कार्यकारी सदस्य सन्तोष परिले सञ्चालन गरेका थिए भने भागाेप्रमो टाउन कमिटीका मूलसचिव बिरबल पाख्रीन, सदस्य शनि तामाङकाे विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै बिरबल पाख्रीनले सदस्यहरूको समस्याहरूलाई सम्बोधित गर्न पार्टीकाे तर्फबाट हरसम्भव सहयाेग गर्ने बताए। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाकाे कर्मलाई विश्वास गरेर आउनु भनेको हरेक समस्याकाे समाधान हुने दिशातर्फ लाग्नु हो भने।
सभामा काेकरेन हाेटलका कर्मचारीहरुले आफ्ना समस्याहरुको बारेमा अवगत गराउॅंदै संगठनमाथि हाेटल कर्मचारीहरुकाे समस्या समाधान हुने विश्वास व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष एल्जिन ब्राह्मणले सबैलाई संगठनमा स्वागत गर्दै उनीहरूको हरेक समस्यामा संगठन साथमा रहनेछ भने। उनले सदस्यहरूलाई पार्टीको तर्फबाट पूर्ण सहयाेगको विश्वास दिलाए।
सभामा काेकरेन हाेटल कर्मचारीहरुको संयाेजक सबिन गुरुङलाई चयन गरियाे। आगामी तिहारपछि कमिटी पनि गठन गरिने जानकारी गराइएको छ।
हिन्दुस्थान समाचार / हनोक