गान्तोक, 13 अक्टोबर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राई, पार्टीका वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरूलाई छुजाचेन निर्वाचन क्षेत्र जाने क्रममा सत्तारुढ़ एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो रोकेर अगाडि बढ्न नदिएको आरोप सीएपीले लगाएको छ। सीएपी नेतृत्वहरू आज छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत चाङ्गेलाखामा पार्टीका सदस्यहरूको शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्न जाने क्रममा बाटो रोक्ने कार्य गरिएको बताइएको छ।
सीएपीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सीएपी सिक्किमको कन्भोयलाई रोड़ाथाङ छेउ रङ्गेली फाटकमा एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो बन्द गरेर वाहनहरूको चलाचल रोक्ने कार्य गरे। यो घटना सीएपी पार्टी नेतृत्वको शान्तिमय र मानवीय भ्रमणलाई बाधित गर्ने चिन्ताजनक र जानाजानी गरेको प्रयासलाई दर्साउॅंछ। स्थिति बिग्रिॅंदै जॉंदा त्यहॉं तैनात गरिएका पुलिसकर्मीहरूको संख्या अपर्याप्त साबित भएको र कानुन प्रवर्तन अधिकारीहरूमाथि आक्रामक एसकेएम कार्यकर्ताहरू हावी बनेको विज्ञप्तिमा उल्लेख छ।
सीएपीले पुलिस अधिकारीहरूबाट पनि सहयोग प्राप्त नभएको आरोप लगाएको छ। सीएपीले यस घटनाको निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्यहरूको उल्लंघन ठहर गरेको छ। विपक्षी नेताहरूको मुक्त आवागमनमा यस प्रकारको राजनीतिक रूपले प्रेरित बाधाहरूले असहिष्णुता र प्रशासनिक मेसिनरीको दुरुपयोगको खतरनाक प्रवृत्तिलाई दर्साउॅंछ भनी सीएपीले बताएको छ। सीएपीले यस घटनाको सम्बन्धमा राज्य सरकार र पुलिस विभाग समक्ष तत्काल कारबाहीको माग पनि गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल