मेदिनीपुर मेडिकल कलेजमा प्रसुताको मृत्युमाथि बबाल, स्वास्थ्य विभागले शुरू गऱ्यो जाँच
मेदिनीपुर मेडिकल कलेजमा प्रसुताको मृत्युमाथि बबाल, स्वास्थ्य विभागले शुरू गऱ्यो जाँच


पश्चिम मेदिनीपुर, 13 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा उपचारमा कथित लापरवाहीको कारणले एकजना गर्भवती महिलाको सोमवार बिहान मृत्यु भयो। यस घटनापछि अस्पताल परिसरमा बबाल भयो। मृत महिलाका आफन्तहरूले अस्पताल प्रशासनविरूद्ध व्यापक विरोध प्रदर्शन गरे। स्थिति अनियन्त्रित भएपछि पश्चिम मेदिनीपुरको मुख्य जिल्ला स्वास्थ्य अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधि मण्डलले अस्पतालमा पुगेर अधीक्षकसित बातचित गऱ्यो। स्वास्थ्य विभागका वरिष्ठ अधिकारी पनि जाँचको लागि घटनास्थलमा पुगे।

प्राप्त जानकारी अनुसार मृत महिलाको नाम शिखा दे दास (32) हो जो पश्चिम मेदिनीपुर जिल्लाको बेलदा अन्तर्गत नाहापार गाउँकी निवासी थिइन्। उनका पति पवित्र दासले बताए, शिखा नौ महिनाको गर्भवती थिइन्। गए आइतवार साँझ अचानक उसको स्वास्थ्य बिग्रिएको कारणले साँझ लगभग 6 बजे अस्पतालमा भर्ती गरियो। पवित्रले भने, उसलाई श्वास-प्रश्वासमा समस्या भइरहेको थियो। इमरजेन्सीमा देखाएपछि उसलाई ‘मेटरनिटी वार्ड'-मा पठाइयो। यहाँबाट फेरि मेडिसिन वार्डमा पठाइयो। लगभग राती 8:30 बजे उसलाई ज्वरो र खोकीको औषधि दिएर छुट्टी दिइयो। अस्पतालमा उसको कुनै टेस्ट गरिएन।

उनले अझ बताए, राती उनले आफ्नी पत्नीलाई जिल्ला परिषदको गेस्ट हाउसमा लिएर गए, तर राती 3 बजे फेरि उसको स्वास्थ्य बिग्रियो। यस पटक पनि अस्पतालमा लगियो जहाँ 'मेटरनिटी वार्ड’-मा पठाइयो।

यसबीच शिखाको अवस्था निरन्तर बिग्रिरह्यो। सोमवार बिहान लगभग 5 बजे उसलाई आईसीयू र सीसीयूमा पठाइदियो, तर बिहान 6बजे उसको मृत्यु भयो।

परिवारको आरोप छ, डाक्टरको लापरवाही र उपचारमा गड़बड़ीको कारणले नै शिखाको मृत्यु भएको हो। शिखाको 12 वर्षीय छोरा पनि छ। शिखाका पति पवित्र दासले भने, “म मुख्यमन्त्री, स्वास्थ्य विभाग, जिल्लाधिकारी, पुलिस अधीक्षक औ अस्पताल प्रशासन सबैलाई लिखित सिकायत दिनेछु। जबसम्म मृत्युको वास्तविक कारण बताउँदैन तबसम्म म पत्नीको शवलाई लिने छुइनँ।”

घटनाको जानकारी पाउनसाथ प्रशासनले शवलाई पोस्टमर्टम गराउने प्रक्रिया शुरू गऱ्यो। जिल्ला मुख्य स्वास्थ्य अधिकारी सौम्यशंकर षड़ंगीले मामिलाको जानकारी लिए। राज्य स्वास्थ्य विभागले पनि दुई सदस्यीय जाँच समिति गठन गरेको छ जुन सोमवार मेदिनीपुर मेडिकल कलेजमा पुगिसकेको छ।

अस्पतालका अधीक्षक इन्द्रनील सेनले भने, हामीले विस्तृत मेडिकल रिपोर्ट मागेका छौं। के भएको हो भन्ने कुरा जाँचपछि नै स्पष्ट हुनेछ। कुनै पनि रोगीको मृत्यु दुर्भाग्यपूर्ण हुन्छ विशेष गरे प्रसुता र उसको शिशुको।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande