नवादा, 13 अक्टोबर (हि.स.)। नवादा नगर थाना क्षेत्रको न्यू एरिया मोहल्ला स्थित हनुमान नगर कोलोनीमा आइतवार राति चोरीको घटना घटेको छ। जहाँ नवादा सदर अस्पतालबाट सेवानिवृत नर्स मान्डवी कौशिकको घरबाट चोरहरूले 50 लाखको गहना र 10 लाख रूपियाँ नगदी चोरेका छन्। जसपछि मोहल्लामा भयको माहोल व्याप्त भएको छ।
घटना तब भयो जब घऱमा कोहीपनि थिएन। परिजनहरूले बताए, उनको हनुमान नगर स्थित पुरानो घरमा नगदी र गहना राखिएको थियो। ठीक त्यही घर सामू उनीहरूको नयाँ घर छ। उनको पति रातमा खाना खान घर गएका थिए। सोही अवधि पुरानो घरमा कसैले घरभित्र पसेर अलमारीमा राखिएको नगदी र गहना चोरेर भाग्यो। सबैभन्दा ठूलो कुरा घरमा एउटै पनि ताला फुटेको थिएन न त गोदरेजको ताला फुटेको थियो। घरमा कुनै परिचित व्यक्तिले नै घटनालाई परिणाम दिएको हुनसक्छ। जसलाई राम्ररी थाहा थियो कि घरको चाबी र अलमारीको चाबी कहाँ थियो। यस घटनाको जानकारी तब भयो जब उनका पति खाना खाएर पुरानो घर फर्के।
यस घटनाको तत्काल परिजनहरूले यसको सूचना नगर थानालाई दिए। जहाँ नगर थाना प्रभारी आफ्नो दल बलको साथ घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। यस मामिलामा घरका केही सदस्यहरूलाई हिरासतमा लिएर पुलिसले सोधपुछ गरिरहेको छ। एफएसएल र डस स्क्वाडको टीमलाई पनि जाँचको निम्ति बोलाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी