नोएडा, 13 अक्टोबर (हि.स.)। थाना बीटा-2 क्षेत्रमा गए राति कारमा सवार दुई छात्रमाथि तीन जनाले ज्यानमारा हमला गरे। आरोपीहरूद्वारा गोली चलाउँदा एक छात्रको खुट्टामा गोली लागेको छ।
थाना बीटा-2 का प्रभारी निरीक्षक विनोद कुमारले बताए, गए राति देवांश पाण्डे उसको साथी आशीष चौधरी जो एक कलेजमा लको पढ़ाई गरिरहेको छ, आफ्नो कारमा गइऱहेका थिए, तब उनीहरूको कारमा तरूण भाटी, फराज आदिले घुस्सीले हिर्काए। कारमा किन घुस्सीले हिर्काएको भनी सोद्धा दुवै पक्षमा विवाद शुरू भयो।
सोहीबीच तरूण भाटीले आफ्नो एक अन्य साथीलाई फोन गरी घटनास्थलमा बोलायो। उसले आउनसाथ गोली चलायो। गोली आशीषको खुट्टामा लागेको छ। उलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले फराजलाई पक्राउ गरेको छ। अन्य आरोपीहरूलाई पुलिसले खोजीरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी