नोएडा सड़क दुर्घटनामा पैदल गइरहेकी महिलाको मृत्यु
नोएडा सड़क दुर्घटनामा पैदल गइरहेकी महिलाको मृत्यु


गौतमबुद्ध नगर, 13 अक्टोबर (हि.स.)। थाना बीटा-2 क्षेत्रमा गए राति भएको सड़क दुर्घटनामा पैदल गइऱहेकी एक महिलालाई अज्ञात वाहनले ठक्कर दियो। यस घटनामा महिला गम्भीर रूपमा घाइते भई। उलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो, जहाँ उपचारको क्रममा उसको मृत्यु भयो।

थाना बीटा-2 का प्रभारी निरीक्षक विनोद कुमारले बताए, गए राति रीना देवी (35) पत्नी संजय पासवान निवासी तुगलपुर डोमिनोज गोल चक्कर अल्फा –वनदेखि परी चौकतिर पैदल गइरहेकी थिई। तब एक बाइक चालकले तीव्र र लापरवाहीले वाहन कुदाउँदै उनलाई ठक्कर दियो। यस घटनामा उक्त महिला गम्भीर रूपमा घाइते भइ। उनलाई उपाचरको निम्ति ग्रेटर नोएडाको कैलाश अस्पतालमा भर्ती गराइय़ो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भयो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande