झांसी, 13 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको झांसी जिल्लामा सीपरी बजार थाना क्षेत्रमा चालकदेखि ई रिक्शा, मोबाइल आदि लुट्ने दुई लुटेरालाई पुलिसले केवल 4 घण्टाभित्र भिड़न्तमा पक्राउ गऱ्यो। पुलिसको गोली लागेर एक बदमाश घाइते भएको छ जबकि दोस्रोले आत्मसमर्पण गऱ्यो। पुलिसले उनीहरूदेखि लुटिएको सबै समान पनि जफत गरेको छ।
एसपी सिटी प्रीति सिंहले सोमवार बताइन्, हिजो राति आइतवार लगभग साढ़े 9 बजी ई-रिक्शा चालक रंजीत पुत्र मोतीलाल निवासी सिसवाहा थाना रक्साले यूपी 112 मा कल गरेर बताए, उनको ई-रिक्शा, मोबाइल एवं 200 रुपियाँ दुई अज्ञात व्यक्तिले खोडन कल्भर्ट निकट खोसेर भागे। प्रकरणको सम्बन्धमा थाना सीपरी बजारमा मामिला संख्या 393/2025 धारा 309 (4) बीएनएस पंजीकृत गरियो। लुटेराहरूलाई पक्राउ गर्न थाना सीपरी बजार पुलिसले चेकिङ गरिरहेको थियो। अबेर राति लगभग 1 बजी सुदामापुरी अगाड़ी खेतहरू निकट अभियुक्त विजय वाल्मीकि पुत्र दिल्ले वाल्मीकि निवासी गुलाम गौस खां पार्क थाना कोतवाली र करन झा पुत्र जितेन्द्र झा निवासी मोहल्ला खजूर बाग थाना कोतवालीको पुलिससित भिड़न्त भयो।
भिड़न्तमा अभियुक्त विजय वाल्मीकिको खुट्टामा गोली लागेर उ घाइते भयो, जसलाई उपचारको निम्ति अस्पताल पठाइयो। जबकि उसको साथी करनले आत्ममर्पण गऱ्यो। दुवैदेखि लुटिएखो ई-रिक्शा, मोबाइल, 200 रूपियाँ र अवैध पेस्तोल कारतूस जफत गरियो। अभियुक्तहरू विरूद्ध अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी