उमियाम झीलले पायो नयाँ रूप, ‘स्वच्छता नै सेवा’ अभियान अन्तर्गत बीआरओले चलायो सफाई अभियान
उमियाम झीलले पायो नयाँ रूप, ‘स्वच्छता नै सेवा’ अभियान अन्तर्गत बीआरओले चलायो सफाई अभियान


शिलङ, 13 अक्टोबर (हि.स.)। मेघालयको प्रसिद्ध पर्यटन स्थल औ क्षेत्रको प्रमुख जलश्रोत उमियाम झीललाई नयाँ रूप दिने ध्येय लिएर सीमा सड़क संगठन (बीआरओ)- को अनुसन्धान एवं विकास प्रतिष्ठान, शिलङद्वारा ‘स्वच्छता नै सेवा’ अभियान अन्तर्गत एक विशेष सफाई अभियान संचालन गरियो।

सेनाका प्रवक्ताले सोमवार बताए, यस अभियानमा बीआरओका अधिकारीगण अनि कर्मचारीहरूले उत्साहपूर्वक भाग लिएर पर्यावरण संरक्षण तथा जनस्वास्थ्यप्रति आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए।

बिहानदेखिकै प्रतिभागीहरू झीलको तटमा भेला भएर झील वरपर व्यापक रूपमा सर-सफाई गरे। हातमा पञ्जा, थैला तथा सफाई उकरणहरूले लैस टीमले झील क्षेत्रबाट प्लास्टिक, मैला-कुचैला तथा अन्य अपशिष्टहरूलाई हटाएर झीलको प्राकृतिक सुन्दरतालाई पुनः बहाल गरिदिए।

सभालाई सम्बोधन गर्दै मुख्य अभियन्ता एके जैनले सार्वजनिक स्थलहरूको स्वच्छतालाई कायम राख्नमा सामूहिक जिम्मेवारीको महत्वमाथि बल दिए। उनले भने, यस्तो अभियानले पर्यावरणको सुन्दरतालाई मात्र नबढ़ाएर पारिस्थितिक सन्तुलन तथा सामुदायिक स्वास्थ्यलाई पनि सुदृढ़ बनाउनेछ। यस अभियानको माध्यमबाट स्थानीय मानिसहरू र पर्यटकहरूलाई पनि स्वच्छता अनि पर्यावरण संरक्षणप्रति जागरूक बनाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande