बिजनीको ऐतिहासिक लक्ष्मी पूजा तथा मेलाको 134औं वर्ष, श्रद्धा एवं उत्साहको साथमा मनाइयो
बिजनीको ऐतिहासिक लक्ष्मी पूजा तथा मेलाको 134औं वर्ष, श्रद्धा एवं उत्साहको साथमा मनाइयो


बिजनी (असम), 14 अक्टोबर (हि.स.)। असमको बिजनीमा आयोजित ऐतिहासिक रोजादिनिया श्रीश्री लक्ष्मी पूजा औ मेलाले यस वर्ष आफ्नो 134औं वर्षमा प्रवेश गऱ्यो। परम्परानुसार यसपालि पनि भव्य रूपमा आयोजित यस पूजामा हजारौं श्रद्धालुहरू भेला भए अनि माता लक्ष्मीको दर्शन गरी समृद्धिको कामना गरे।

पूजास्थलमा धार्मिक अनुष्ठानहरूसँगसँगै लोक संस्कृति एवं सामुदायिक सौहार्दको अद्भुत समन्वय देख्न पाइयो। यो मेला आगामी 19 अक्टोबरसम्म चल्नेछ जसमा राज्यभरिबाटै श्रद्धालु अनि पर्यटकहरू सामेल हुनेछन्।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, यस्तो ऐतिहासिक परम्पराको संरक्षण अनि प्रचारलाई भावी पिँढ़ीसम्म सांस्कृतिक धरोहरको रूपमा पुऱ्याउनु हासी सबैको दायित्व हो। उनले भने, “एक शताब्दिभन्दा अधिक पुरानो यो परम्परा पिँढ़ीगत रूपमा अगाड़ि बढ़्दै आइरहेको छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande