खरसाङ, 14 अक्टोबर (हि.स.)। खरसाङको वार्ड नम्बर 9 लोवर सुधपा क्षेत्रमा स्ट्रिट लाइट नबोलेपछि स्थानीयहरु धेरै समस्यामा परेको जानकारी प्राप्त भएको छ। लोवर सुधपा टोल क्षेत्रमा बाटोमा रहेको स्ट्रिट लाइट विगत 2 महिनादेखि बिग्रिएकाले मानिसहरुलाई हिडडुल गर्न धेरै असुविधा भइरहेको बताइएको छ।
विगत 2 महिनादेखि स्ट्रिट लाइट बन्द रहेकाले स्थानीय 10 घरलाई धेरै असुविधा भइरहेको बताइएको छ। यस विषयमा स्थानीयहरुले सम्बन्धित विभागमा जानकारी गराएपछि मरमत्ति गरिएको, तर विगत दुई महिनादेखि स्ट्रिट लाइट बन्द रहेको बताएका छन्। स्थानीय टिका विश्वकर्म र मनिष छेत्रीले स्थानीय मानिसहरूको पक्षमा सम्बन्धित निकायबाट उचित पहलको लागि अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक