चाैथाे शशीप्रभा स्मृति पुरस्कारकाे निम्ति दशवटा उत्कृष्ट कृतिहरूकाे घाेषणा
चाैथाे शशीप्रभा स्मृति पुरस्कारकाे निम्ति दशवटा उत्कृष्ट कृतिहरूकाे घाेषणा


मिरिक, 14 अक्टोबर (हि.स.)। चाैथाे शशीप्रभा स्मृति पुरस्कारको प्राथमिक फलाफल पुरस्कार कार्यक्रमका आयाेजक साहित्य सुनाैं परिवार, मिरिक तथा रिपाेटर्स क्लब अफ् मिरिक समक्ष आइपुगेकाे घाेषणा शशीप्रभा स्मृति पुरस्कार आयाेजक समितिका प्रवक्ता अजम प्रधानले गरेका छन्।

प्रवक्ता प्रधानले चाैथाे शशीप्रभा स्मृति पुरस्कारकाे निम्ति पैसठीजना कवि, कथाकार, उपन्यासकार, नियात्राकार तथा साहित्यकारहरूले आफ्नाे बहुमुल्य कृतिहरू पठाएर सहयाेग गरिदिएकाेमा पुरस्कार आयाेजक समितिकाे पक्षबाट हार्दिक आभार व्यक्त गरे। उनले पुरस्कार फलाफलकाे प्राथमिक चरणमा पैसठी कृतिहरूमध्ये जुरीले दशवटा उत्कृष्ट कृतिहरू छनाैट गरी फलाफल बुझाएको बताए।

उनले उक्त उत्कृष्ट दस कृतिहरू मार्साङ (उपन्यास) निरङ्कर थापा, घुनहरूकाे घर (उपन्यास) शंकर प्रधान, टिस्टा रंगीत (उपन्यास) कुबेरचन्द्र दाहाल, ईश्वर खुम्चिन्दै गयाे-( कथा संग्रह) महेश दाहाल, जेटा साेफियाग्रे (कथा संग्रह) विशाल विश्वकर्म, चक्रव्युहमा गाेर्खा- (ऐतिहासिक लेख) भाेटु सिगं छेत्री, जुनकाे पर्खाईमा(कविता संग्रह) नीलिमा आचार्य, जुनकाे आँशु (कविता संग्रह) सुभाष ठकुरी, काँचकाे पाेखरी (कविता संग्रह) टीका भाई अनि मेरा अनुभूति केही (आत्मा कथा) बद्री खरेल रहेको जानकारी गराएका छन्। उनले भने, उक्त दश कृतिहरू अब अन्तिम छनाैटकाे निम्ति जुरी समक्ष पठाइसकेका छाैँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande