दुर्गापुर ग्यांगरेप मामिलालाई लिएर मुख्यमन्त्री ब्यनर्जीमाथि बर्सिन अग्निमित्रा पाल, भनिन्- नाम ममता, तर कर्ममा अलिकति पनि ममता छैन
दुर्गापुर ग्यांगरेप मामिलालाई लिएर मुख्यमन्त्री ब्यनर्जीमाथि बर्सिन अग्निमित्रा पाल, भनिन्- नाम ममता, तर कर्ममा अलिकति पनि ममता छैन


कोलकाता, 14 अक्टोबर (हि.स.)। दुर्गापुरमा एकजना मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्मको मामिलालाई लिएर भाजपा नेत्री तथा विधायक अग्निमित्रा पलले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि तीव्र प्रहार गरेकी छन्।

अग्निमित्रा पलले मंगलवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’ -मा ओडिशाका मुख्यमन्त्री मोहन माझीको तस्वीर साझा गर्दै लेखिन्— “एकजना मेडिकल छात्रासित निर्ममता पूर्वक बलात्कार गरियो। जुन राज्यकी मुख्यमन्त्री स्वयं एकजना महिला छन्, उनले अहिलेसम्म पीड़िता वा उसको परिवारसित कुनैै किसिमको बातचित गरेकी छैनन्। अर्कोतिर ओडिशाका मुख्यमन्त्री मोहन माझीले व्यक्तिगत रूपमा पीड़िताको परिवारसित फोनमा बातचित गरेर पीड़िताको स्वास्थ्य बारे जानकाररी लिए अनि आश्वासन दिए कि ओडिशा सरकारले उसको शिक्षा र उपचारको सम्पूर्ण जिम्मा लिनेछ।”

अग्निमित्राले कटाक्ष गर्द भनिन्, “उनका नाम ममता (करुणा) भए पनि उनको कर्ममा ममताको एक थोपा पनि देखिँदैन।”

उनले आरोप लगाइन्, तृणमूल सरकार महिला सुरक्षालाई लिएर पूर्ण रूपले असंवेदनशील भइसकेको छ र राज्यमा लगातार बढ़्दो अत्याचारमाथि मौनता अप्नाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande