आज र भोलि पुष्य नक्षत्रको शुभ योग, ज्योतिषाचार्यहरूले बताए किनमेल गर्ने विशेष वस्तुहरूको बारेमा
आज र भोलि पुष्य नक्षत्रको शुभ योग, ज्योतिषाचार्यहरूले बताए किनमेल गर्ने विशेष वस्तुहरूको बारेमा


भोपाल, 14 अक्टोबर (हि.स.)। यस वर्ष पुष्य नक्षत्रको विशेष योग दुई दिनसम्म रहनेछ जसले गर्दा बजारहरूमा किनमेल गर्नेहरूको भीड़ छ। आज मंगलवार प्रातः 11:10 बजीदेखि आरम्भ भएर बुधवार 15 अक्टोबरको अपरान्ह 12:30 बजीसम्म यो शुभ नक्षत्रको योग छ। यस अवधि मंगलवार सिद्धि योग र बुधवार साध्य योगको संयोग बनेको छ। ज्योतिषाचार्यहरू अनुसार यो संयोग स्थायी समृद्धि र सफलता दिने किसिमको हुनेछ। पसलेहरूको भनाइ छ, ग्राहकहरूको लागि विशेष अफर तथा छुटको योजना बनाइएको छ।

पुष्य नक्षत्रको अवसरमा धार्मिक आयोजन, दान-पुण्य औ गृह उपयोगी वस्तुहरू खरिद गर्न शुभ मानिन्छ। ज्योतिषाचार्य बताउँछन्, यस नक्षत्रमा गरिएको दानले पुण्य मात्र नभएर व्यक्तिको जीवनमा स्थायी सुख अनि धन वृद्धि पनि गराउँछ। पुष्य नक्षत्रको यो दुई दिवसीय शुभ काल ज्योतिषीय दृष्टिले मात्र नभएर आर्थिक दृष्टिले पनि महत्वपूर्ण छ। शनि अनि गुरूको प्रभावले यो काल धन, समृद्धि एवं स्थायित्वको प्रतीक बन्छ। त्यसैले ज्योतिषाचार्य सल्लाह दिन्छन्, यस अवसरमा हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार कुनै न कुनै वस्तु अवश्य खरिद गर्नुपर्छ जसबाट जीवनमा स्थाायी शुभता अनि उन्नति प्राप्त हुनसक्छ।

यसपालि पुष्य नक्षत्रमा ग्रहहरूको विशेष केन्द्र त्रिकोण योग बनिरहेको छ जसमा शनि र बृहस्पतिको प्रभाव रहनेछ। ज्योतिषाचार्य पं. हरिहर पण्ड्याको भनाइ छ, पुष्य नक्षत्रका स्वामी शनि अनि देवता बृहस्पति हुन्। यो नक्षत्र 27 नक्षत्रहरूमध्ये आठौं स्थानमा आउँछ अनि “पोषण”- को प्रतीक पनि हो। यो क्षत्र शनि र बृहस्पतिबाट प्रभावित हुँदा यो धन, ज्ञान तथा समृद्धिको प्रतीक बन्नपुग्छ। कार्तिक मासको कृष्ण पक्षमा आउने पुष्य नक्षत्रलाई अत्यन्त फलदायी मानिन्छ। यसपालि मंगलवार“भोम पुष्य” नक्षत्र बनिरहेको छ जुन कार्य सिद्धि र सफलताको लागि शुभ हो। यस अवधि कुनै पनि नयाँ कार्य, निवेश वा व्यापार आरम्भ गर्नु अत्यन्त लाभकारी हुन्छ।

-----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande