25 अक्टोबरदेखि मौसममा ठूलो परिवर्तन, बंगालमा जाड़ोको आगमन
25 अक्टोबरदेखि मौसममा ठूलो परिवर्तन, बंगालमा जाड़ोको आगमन


कोलकाता, 14 अक्टोबर (हि.स.)। गए 13 अक्टोबरको दिन मनसुनले पश्चिम बंगालबाट औपचारिक रूपमा विदा लिएको छ। मौसम वैज्ञानिकहरूको भनाइ छ, बंगालको खाड़ीसित जोड़िएको नयाँ मौसम परिवर्तनले अब देशको दक्षिणी भागहरूलाई प्रभावित पार्नसक्छ। यूरोपेली संघको अधिनमा रहेको संस्था “वेदर फोरकास्टिंग सिस्टम” -ले दाबी गरेको छ, आगामी 25 अक्टोबरको भोर बिहान 3 बजे दक्षिण अण्डमान सागरको इन्दिरा पोइन्ट नजिक बंगालको खाड़ीमा एउटा अत्यन्त शक्तिशली निम्नचाप क्षेत्र गठन हुनेछ।

रिपोर्ट अनुसार यो निम्नचाप अण्डमान सागरदेखि अगाड़ि बढ़्द जलवाष्प संग्रह गर्नेछ अनि भारतको मुख्य भूमि तर्फ अग्रसर हुनेछ। आगामी 27 अक्टोबरको बिहान यो तमिलनाडु तट नजिक पुग्नसक्छ। त्यसपछि यो पुडुचेरी तट हुँदै पश्चिम दिशामा अरब सागर तर्फ जानसक्छ। तथापि सम्भावना यो पनि छ, यो प्रणाली तमिलनाडुदेखि बंगालको खाड़ी तर्फ फर्केर आन्ध्र वा ओडिया तटमा पनि ठोकिनसक्छ।

यदि यो निम्नचाप अरब सागर तर्फ अग्रसर भयो भने पश्चिम बंगालको लागि राहतको खबर हुनेछ। यस्तो यसकारणले किनभने यो सिस्टमले वरपरको हावामा अवस्थित जलवाष्पलाई आफूतर्फ आकर्षित गर्छ जसको परिणामस्वरूप बंगालको आकाश सफा र घमाइलो हुनेछ, आद्रता कम हुनेछ तथा जाड़ोको हल्का आगमन महसूस हुन थाल्नेछ।

मौसम विभाग अनुसार आगामी 5-7 दिनसम्म बंगालमा घना वर्षा हुने कुनै सम्भावना छैन। मंगलवार उत्तर अनि दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा वर्षा हुनेछैन। तथापि उत्तर र दक्षिण 24 परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यसको साथैै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।

कोलकाता, हावड़ा, हुगली औ झाड़ग्राममा पनि कतै-कतै हल्का वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। पश्चिमी जिल्लामा तापमान 2-देखि 3 डिग्री सेल्सियसम्म कम हुनसक्छ। आगाममी केही दिनभित्रमा कोलकाताको मौसममा परिवर्तन देखिनेछ।

काली पूजासम्म राज्यभरि नै घना वर्षाको सम्भावना छैन। मनसुनले विदा लिएपछि हावामा नमी घट्दै गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande