एसएनटी बस स्ट्याण्डमा एसएसबी जवानको शव भेटियो
एसएनटी बस स्ट्याण्डमा एसएसबी जवानको शव भेटियो


सिलगढ़ी, 14 अक्टोबर (हि.स)। एसएनटी बस स्ट्याण्ड परिसरमा सशस्त्र सीमा बल (एसएसबी)-का एकजना जवानको शव मंगलवार भेटिएको घटनाले व्यापक तनाउ फैलिएको छ। मृतक जवानको नाम अभिषेक राज हो जो बिहारको चम्पारण निवासीथिए। एसएसी जवान अभिषेकको वर्तमानमा सिक्किमको पाक्योंगमा पोस्टिंग भएको थियो।

भनिन्छ, जवान छुट्टीमा आफ्नो घर जानका लागि गए राती एसएनटी बस स्ट्याण्डमा आइपुगेका थिए।

पुलिस सूत्र अनुसार आज बिहान स्थानीय मानिसहरूले एसएसबी जवानलाई एसएनटी बस स्ट्याण्ड परिसरमा अचेत अवस्थामा लड़िरहेको देखे। सूचना पाउनसाथ प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि प्राथमिक जाँचमा जवानलाई मृत पाइयो। शवलाई उद्धार गरी सिलगढ़ी जिल्ला अस्पतालमा पठाइयो।

प्राथमिक जाँचमा पुलिसलाई थाहा लागे मुताविक जवानको मृत्यु हृदयाघातको कारणले भएको हो। पछि मृतकको पहिचान भइसकेपछि पुलिसले उनको यूनिटलाई सूचित गरिदियो। शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande