मुख्यमन्त्रीले शुरू गरे ‘सीएम फ्लाइट’ योजना, असमका युवाहरूले पाउनेछन् विदेशहरूमा रोजगार
मुख्यमन्त्रीले शुरू गरे ‘सीएम फ्लाइट’ योजना, असमका युवाहरूले पाउनेछन् विदेशहरूमा रोजगार


गुवाहाटी, 14 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरले राज्यका युवाहरूलाई वैश्विक रोजगारको अवसरसित जोड़्ने उदेश्यले एक महत्वाकांक्षी योजना ‘सीएम फ्लाइट’- को शुरुआत गरेका छन्। यस योजना अन्तर्गत 50 हजार युवाहरूलाई जापानी भाषाको प्रशिक्षण दिइनेछ जसको माध्यमबाट उनीहरूलाई जापानमा पाँच वर्षको वर्क भिजामा प्रतिमहिना दुई लाख रुपियाँस्मको वेतन पाउने नोकरीको अवसर प्राप्त होस्।

असम र जापान सरकारको सहयोगमा जापानी भाषाको एक विशेष पाठ्यक्रम पनि शुरू गरिएको छ। इच्छुक अभ्यर्थीहरूले अधिक जानकारीका लागि नर्थ ईस्ट स्किल सेन्टरसित सम्पर्क गर्न सक्नेछन्।

मुख्यमन्त्री डा. सरमाले भने, “तपाईहरूको सपना अब यथार्थ बन्नेछ। सीएम फ्लाइट कार्यक्रम युवाहरूलाई विदेशी भाषा कौशलबाट सशक्त बनाएर उनीहरूलाई वैश्विक रोजगारसित जोड़्ने माध्यम बन्नेछ।”

योजनाको प्रथम चरणमा मात्र 30 हजार रुपियाँको कोर्स शुल्कमा प्रशिक्षण लिएर जापानमा रोजगारको अवसर प्राप्त गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande