कोलकाता, 14 अक्टोबर (हि. स.)। दुर्गापुर सामूहिक दुष्कर्म मामिलाको गुञ्ज अब अदालतसम्म पुगेको छ। यस मामिलामा कलकत्ता हाई कोर्टमा याचिका दर्ता गर्ने अनुमति प्राप्त भएको छ।न्यायमूर्ति शम्पा दत्ता पालले मंगलवार यस याचिकालाई अनुमति दिइन् जसमाथि आगामी 16 अक्टोबरमा सुनवाई हुनसक्ने मानिएको छ।
सूत्र अनुसारदुर्गापुरस्थित निजी मेडिकल कलेज प्रशासनलेपरिसरमा भइरहेको आन्दोलनको विरोध गर्दै यो याचिका दर्ता गरेको छ। अर्कोतिरभारतीय जनता पार्टी(भाजपा)-ले पनि एउटा भिन्नै याचिका दर्ता गर्ने तयारी गरिरहेको छ जसमा पुलिस जाँचमाथि अविश्वास व्यक्त गर्दै केन्द्रिय जाँच ब्यूरो (सीबीआई) मार्फत जाँच गराउने माग गरिनेछ।
यता पुलिस जाँच पनि द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। मंगलवार पक्रा पर्ने आरोपीहरूलाई घटनाको पुनर्निर्माण गराउनको लागि घटनास्थलमा लगियो। पुलिसले पीड़िताका एकजना सहपाठी जसलाई पहिला हिरासता लिइएको थियो,-सित पनि आमने-सामने जाँचबुझ गर्ने सम्भावना छ।
घटना गत शुक्रवार10 अक्टोबरमा भएको हो जतिबेला ओडिशा निवासी एकजना मेडिकल छात्रालाई दुर्गापुरको परानगञ्ज क्षेत्रमा सामूहिक दुष्कर्म गरिएको थियो। राती तिनी आफ्ना पुरूष मित्रसित भोजन लिनका लागि कलेज परिसरदेखि बाहिर गएकी थिई र यसै अवधि उसलाई केही मानिसहरूले तानेर जंगलतिर लिएर गए।
अनुसन्धानको क्रममा मंगलवारपुलिसले आरोपीद्वय शेख रियाजुद्दीनर शेख नासिरुद्दीनलाईबिजड़ा गाउँमा लगेर जाँचबुझ गऱ्यो। पुलिस सूत्रको भनाइ छ, त्यहीँ क्षेत्रमा केही महत्वपूर्ण प्रमाणहरू लुकेको हुनसक्ने आशंका छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा