कोलकाता, 14 अक्टोबर (हि. स.)। दुर्गापुर सामूहिक दुष्कर्म मामिलामा पुलिसले पीड़िताको परिवारलाई सुरक्षा दिने अनि हरसम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएको छ।
आसनसोल-दुर्गापुर पुलिस आयुक्त सुनिल चौधरीले भनेका छन्, पीड़िताको परिवारसित लगातार सम्पर्क गरिँदैछ र यदि उनीहरूले चाहे उनीहरूलाई सुरक्षा पनि दिइनेछ। उनले यो पनि बताए, उनले स्वयं पीड़िताका पितासित भेट गरेर उनलाई हरेक सहयोग गर्ने भरोसा दिलाएका छन्।
आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका एकजन् वरिष्ठ अधिकारीले मंगलवार यसको पुष्टि गर्दै बताए, हामी लगातार पीड़िताको परिवारको सम्पर्कमा छौं र जुनै पनि मद्दत मागे हामी उनीहरूलाई दिनेछौं।
गत शुक्रवार राति दुर्गापुरस्थित एक निजी मेडिकल कलेजको द्वितीय वर्षकी छात्रासित कलेज परिसरदेखि बाहिर दुष्कर्म भएको थियो। यस मामिलामा पुलिसले अहिलेसम्ममा पाँचजना आरोपीहरूलाई पक्राउ गरिसकेको छ जसमध्ये तीनजनालाई पहिला नै अदालतमा पेश गरिएको थियो जहाँबाट आरोपीहरूलाई दश दिनको पुलिस हिरासतमा पठाइएको छ। त्यसपछि गत आइतवार राती र सोवार अपरान्ह थप दुईजना आरोपीहरूलाई पक्राउ गरियो।
पुलिस आयुक्त चौधरीले भने, घटना घटेको तत्कालैपछि एफआईआर दर्ता गरिएको थियो। अहिलेसम्म पक्रा पर्ने सबै आरोपीहरू घटनास्थलमा उपस्थित थिए।
घटनापछि पीड़िताको परिवार भयभित भएको छ। पीड़िताका पिताले आफ्नी छोरीलाई ओडिशा लैजाने इच्छा व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ, अब यस ठाउँमाथि भरोसा नै रहेन, मेरो छोरीलाई यहाँ खतरा छ, उसलाई मार्न पनि सक्छ। यसमाथि प्रतिक्रिया व्यक्त गर्दै पुलिस आयुक्तले भने, कुनै पनि प्रकारको असुरक्षा महसूस गर्ने आवश्यकता छैन। उनले चाहे हामी उनलाई पूर्ण सुरक्षा दिनेछौं, कुनै प्रकारको समस्या हुनेछैन। दोषीहरूलाई कानून अनुसार कठोरतम सजाय दिलाउनको लागि सबै आवश्यक कदम उठाइँदैछ।
पुलिसले सुरक्षा दिने आश्वासन दिएको भए पनि पीड़िताका पिता पूर्ण रूपले निश्चिन्त छैन। उनीहरूले गोपनीय बयान पूरा भएपछि छोरीलाई ओडिशा लैजाने तयारीमा छन्। गए सोमवार विपक्षका नेता शुभेन्दु अधिकारीले पनि पीड़िताको परिवारसित भेट गरे जहाँ पिताले छोरीलाई ओडिशा लैजाने कुरालाई दोहोऱ्याए। यसै दिन राज्यपाल सी.वी. आनन्द बोसले पनि दुर्गापुरमा पुगेर पीड़ितासित भेट गरे।
यसबीच राष्ट्रिय महिला आयोगले पनि मामिलाको स्वतः संज्ञान लिँदै एघार बिन्दुहरूको सिफारिस गरेको छ र यस सम्बन्धमा राज्यपाल अनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाएको छ।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा