नयाँ दिल्ली, 14 अक्टोबर (हि.स.)। पश्चिमी जिल्लाको साइबर थाना पुलिसले एक ठगलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट पक्राउ गरेको छ। आरोपीले सोशल मीडियामा महिलाहरूको नाममा नक्कली अकाउण्ट बनाएर उनीहरूसित मित्रता गर्थ्यो। त्यसपछि अन्तरंग तस्वीरहरू लिएर त्यसलाई भाइरल गरिदिने धम्की दिएर बलजफ्ती पैसा असुल गर्थ्यो। आरोपी मनोज वर्माबाट एउटा मोबाइल फोन जफत गरिएको छ। पुलिस जाँचमा उसको मोबाइल फोनबाट व्हाट्स एप च्याट, अश्लील भीडियो तथा नक्कली फेसबुक अकाउण्ट हात लागेको छ। हाल पुलिसले आरोपीलाई जेल पठाइदिएको छ।
पुलिस मुताविक गत 21 सेप्टेम्बरमा साइबर थाना पुलिसलाई एकजना महिलाले सिकायत गरेकी थिइन्। महिलाले सिकायतमा बताएकी छन्, एक अज्ञात व्यक्तिले महिला भएर उसित फेसबुकमा मित्रता गऱ्यो। मित्रतापछि दुईमाझ व्हाट्सएपमा बातचित हुन थाल्यो। आरोपीले महिलासित अन्तरंग तस्वीर अनि भीडियोहरू साझा गर्नको लागि भन्यो। महिलाले तस्वीर भीडियो पठाइदिएपछि त्यसलाई भाइरल गरिदिने धम्की दिएर पैसा माग्न थाल्यो। पीड़िताले डरले आरोपीलाई केही लाख रुपियाँ दिसकेकी छन्, तर पनि उसले ब्ल्याकमेल गर्न छोडेको छैन।
इन्स्पेक्टर विकासको टीमले बीएनएसको धारा 308(2)/351(4) अन्तर्गत एफआईआर दर्ता गरी जाँच शुरू गऱ्यो। एसआई विकास राठी, हेड कन्स्टेबल जगदीशको टीमले आरोपीको मोबाइल नम्बरको सहयोगले उसको यूपीआई ट्रेल्स, गूगल/जीपे अकाउण्ट र आईपी लगको विश्लेषण गऱ्यो। यसको मद्दतले आरोपी लखनऊमा भएको जानकारी प्राप्त भयो। पुलिसले त्यहाँ छापा मारेर मनोज वर्मालाई पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा