जलपाईगुड़ी, 14 अक्टोबर (हि.स)। जलपाईगुड़ीका सांसद जयन्त कुमार रायले राजगञ्ज ब्लकमा दुष्कर्म पीडित नाबालिक किशोरीको परिवारसित भेट गरे। मंगलवार सांसद राजगञ्जस्थित नाबालिकको घरा पुगे अनि परिवारका सदस्यहरूसित बातचित गरे। यस अवधि सांसद रायले भने, ममता ब्यानर्जीको कार्यकालमा छोरीहरू सुरक्षित छैनन्।
उल्लेखनीय छ, राजगञ्ज थानाको पुलिसले 13 वर्षीय किशोरीसत दुष्कर्म गरेको आरोपमा एक जना बुजुर्गलाई पक्राउ गेको छ। पक्रा पर्ने व्यक्तिको नाम डालिम मोहम्मद हो।
प्राप्त जानकारी अनुसार सातौं कक्षाकी छात्रा पीड़ित नाबालिक केही समयदेखिको शारीरिक रूपमा बिमार भएकी थिई। उसलाई राजगञ्ज अस्पतालमा जँचाउन लगियो जहाँ डाक्टरहरूले उ गर्भवती रहेको बताए। त्यसपछि नाबालिक किशोरीले परिवारलाई सम्पूर्ण घटना बारे बताई। आरोप छ, केही महिनाअघि आरोपी वृद्धले उसलाई बाख्रा चराउनको लागि खेतमा लिएर गएको थियो र यसै अवधि उसले पीड़ितासित बलजफ्ती दुष्कर्म गऱ्यो। परिवारले थानामा लिखित सिकायत दर्ता गराएपछि पुलिसले तत्कालै जाँच कार्य शुरू गरी आरोपी बुजुर्गलाई पक्राउ गरी अदालतमा पठाइदियो।
पीड़िताको परिवारसित भेट गरेपछि सांसद जयन्त रायले भने, यो अत्यन्तै दुःखदायी घटना हो। जुन राज्यको मुख्यमन्त्री एकजना महिला छन्। उनको कार्यकालमा छोरीहरू सुरक्षित छैनन् भन्ने कुरा बारम्बार साबित भइरहेको छ। परिवार अनि स्थानीय मानिसहरूले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्। त्यसैले हामी आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिलाउने पूर्ण चेष्टा गर्नेछौं। हामी परिवारको साथमा छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा