उत्तर बंगाल दौड़ाहमा ममता ब्यनर्जीको कार्यक्रममा फेरबदल, मिरिक जाने छैनन् मुख्यमन्त्री
उत्तर बंगाल दौड़ाहमा ममता ब्यनर्जीको कार्यक्रममा फेरबदल, मिरिक जाने छैनन् मुख्यमन्त्री


सिलगढ़ी, 14 अक्टोबर (हि.स.)। उत्तरी बंगालका बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्न तथा पुनर्निर्माणम कार्यको समीक्षा गर्न आएकी मुख्यमन्त्री ममता ब्यनर्जीको दौड़ाहको कार्यक्रममा अन्तिम समयमा फेरबदल गरिएको छ। मंगलवार उनको मिरिक जाने कार्यक्रम थियो, तर सूत्रानुसार अब उनी आज मिरिक जाने छैनन्। मुख्यमन्त्री हाल खरसाङमा छन् र त्यहीँ नै जोरबंगलोस्थित बीडीओ कार्यालयमा समीक्षा बैठक गर्ने योजना छ।

जानकारी अनुसार मुख्यमन्त्री ममता ब्यनर्जी मंगलवार राती नै दार्जीलिङ तर्फ प्रस्थान हुनेछन्। दार्जीलिङको चिरमण्डल हिलमा दुई जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक हुने सम्भावना छ जसमा जीटीए (गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन)-बाट क्षति औ पुनर्वाससित सम्बन्धित विस्तत रिपोर्ट लिन सक्ने सम्भावना रहेको छ।

मुख्यमन्त्री गत आइतवार साँझ उत्तर बंगालमा आइपुगेकी थिइन्। उनले अलिपुरद्वार जिल्लाको हाशिमारास्थित सुवाशिनी चिया बगानका मानिसहरूसित भेट गरे। यो त्यै क्षेत्र हो जहाँ हालैमा आएको प्राकृतिक आपदाले सबैभन्दा अधिक प्रभावित पारेको थियो। गए सोमवार उनले नागराकाटाका केही क्षतिग्रस्त पुल, सड़क अनि बाँधहरूको निरीक्षण गरिन्। राहत शिविरहरूमा पुगेर विस्थापित मानिसहरूसित बातचित गरिन् अनि मृतक परिवारहरूलाई आर्थिक सहयोगसितै परिवारका एकजना सदस्यलाई नोकरीको नियुक्ति पत्र प्रदन गरिन्।

खरसाङ पुगेपछि मुख्यमन्त्रीले सोमवार राती त्यहीँ विश्राम गरेकी थिइन्। उनले पहिला नै बताएकी थिइन्, मंगलवार खरसाङदेखि घूम हुँदै मिरिक जाने योजना छ, तर अब कार्यक्रममा फेरबदल गर्दै मिरिकको यात्रालाई स्थगित गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande