नक्सलीहरूले एयरटेल मोबाइलको टावरमा आगो लगाइदिए
नक्सलीहरूले एयरटेल मोबाइलको टावरमा आगो लगाइदिए


पश्चिमी सिंहभूम, 14 अक्टोबर (हि.स.)। पश्चिमी सिंहभूमको सारण्डा जंगलमा नक्सली गतिविधि फेरि एकपटक तीव्र भएको छ। गए सोमवार अबेर राति भाकपा माओवादीका नक्सलीहरूले छोटानागरा थाना अन्तर्गत बहदा गाउँमा रहेको एयरटेल कम्पनीको मोबाइल टावरलाई आगो लगाएर ध्वस्त बनाइदिए। नक्सलीहरूले यस घटनापछि घटनास्थलमा पोस्टरहरू टाँसे, पर्चा छोड़िराखे जसमा पुलिसलाई खुल्ला चुनौती दिँदै मारिएका आफ्ना साथीहरूको प्रतिशोध लिने चेताउनी दिइएको छ।

ग्रामीणहरू मुताविक गए 13 अक्टबरको आधा राती लगभग 12 जना हतियारधारी नक्सलीहरू गाउँमा आए। उनीहरूले ग्रामीणहरूलाई घरभित्रै बस्ने सल्लाह दिए अनि टावरमा जड़ान गरिएको ब्याटरी इलेक्ट्रनिक उपकरणहरूमा पेट्रोल हालेर आगो लगाइदिए। हेर्दा-हेर्दै टावर आगोले खरानी भयो। यस घटनाले गर्दा क्षेत्रको बिजुली लाइन पनि क्षतिग्रस्त भयो।

नक्सलीहरूले छोड़ेका पोस्टरहरूमा लेखिएको छ, यो हमला पुलिसको “अपरेशन कगार”- को विरोधा गरिएको हो। उनीहरूले 8 र 14 अक्टोबरसम्म ‘प्रतिशोध सप्ताह’ मनाउने अनि 15 अक्टोबरमा झारखण्ड, बिहार, उत्तरी छत्तीसगढ़, पश्चिम बंगाल एवं असममा ठूलो हमला गर्ने धम्की दिए। पोस्टरमा लेखिएको छ, पुलिसले हाम्रा साथीहरूको रगत बगाइरहेको छ, अब प्रतिशोध पनि त्यै ढंगमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande