कोलकाता, 14 अक्टोबर (हि.स.)। पश्चिम बंगाल पुलिसले दुर्गापुरमा मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पक्रा पर्ने पाँचै जना आरोपीहरूलाई घटनास्थलमा लैजाने तयारी गरिरहेको छ ताकि अपराध पुनर्निर्माण ( क्राइम रीकन्स्ट्रक्शन) प्रक्रिया पूरा गर्न सकियोस्। सो जानकारी पुलिसका एकजना वरिष्ठ अधिकारीले दिएका हुन्।
अधिकारी अनुसार यी आरोपीहरूलाई परनागञ्ज कालीबाड़ी श्मशान भूमि नजिकै अवस्थित त्यस जंगलमा लगिनेछ जहाँ यो घटना भएको थियो। यो स्थल निजी मेडिकल कलेजको गेट छेवैमा छ। अधिकारीले बताए, “जाँचको दृष्टिले अपराध पुनर्निर्माण गर्न अत्यन्त महत्वपूर्ण छ। हामीले यसलाई आज नै सम्पन्न गराउने योजना बनाइरहेका छौं।”
उनले बताए, मंगलवार बिहान यिनीहरूमध्ये दुईजना आरोपीहरूलाई यिनीहरूको आफ्नो घरमा लगियो ताकि ती प्रमाणहरूलाई फेला पार्न सकियोस् जसलाई यिनीहरूले सम्भवतः लुकाएका छन्। त्यसपछि दिउँसै पाँचै ना आरोपीहरूको चिकित्सकीय परीक्षण गरााइनेछ। आरोपीहरूमध्ये एक जना निजी मेडिकल कलेजको पूर्व सुरक्षा कर्मी हो भने दोस्रो वर्तमानमा अर्को अस्पतालमा कार्यरत छ। यसरी तेस्रो आरोपी स्थानीय नगर निकायमा अस्थायी कर्मचारी हो भने अन्य बेरोजगार रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा