नयाँ दिल्ली, 14 अक्टोबर (हि.स.)। दिल्लीको चाँदनी चौक क्षेत्रको दयनीय स्थितिलाई लिएर भारतीय जनता पार्टी (भाजपा)- का कार्यकर्ताहरूले आम आदमी पार्टी (आआप)-का विधायकविरूद्ध मंगलवार मोरी गेट नजिक धरना प्रदर्शन गरे। मोरी गेटबाट प्रदर्शन गर्दै शिशगञ्ज गुरूद्वारा सामु विधायक कार्यालय तर्फ गइरहेका भाजपा कार्यकर्ताहरूलाई दिल्ली पुलिसले बलपूर्वक क्लाथ मार्किट, फतेहपुरी छेउमा रोक्यो। प्रदर्शनको नेतृत्व जिल्लाध्यक्ष अरविन्द गर्गले गरे।
गर्गले भने, स्थानीय आआप विधायक एवं उनका पिताले 1998 सालदेखि नै चाँदनी चौकको प्रतिनिधित्व गर्द आइरहेका छन्। अधिकांश समय सत्तामा रहे पनि आज 27 वर्षपछि पनि चाँदनी चौकका मानिसहरू मूलभूत सुविधाहरूदेखि वञ्चित रहँदै आएका छन्।
भाजपा नेता प्रवीण शंकर कपूरले भने, चाँदनी चौकका मानिसहरू स्वच्छ पिउने पानीको लागि त्रस्त भएका छन्, गरीब मानिसहरू स्वरोजगारको अवसर नपाएर हैरान भएका छन्, किनभने आआप विधायकहरूले मुस्लिम समाजलाई प्राथमिकता दिरहेका छन् भने क्षेत्रको अर्थव्यवस्थाको आधार व्यापारीहरू सीलिंगदेखि दिक्क भएका छन्। तर आआपका चारैजना विधायक मदमस्त छन्।
भाजपा कार्यकर्ता राजेश भाटियाले भने, पहिला कंग्रेस, त्यसपछि केजरीवालले मुस्लिम भोटबाट सत्ता हत्याएर पुरानो दिल्लीलाई विकासदेखि वञ्चि बनाएका छन्। आज देशलाई सबैैभन्दा अधिक रेभेन्यु दिने चाँदनी चौकको स्थिति एउटा स्लमभन्दा खस्किँदो भएको छ। भाजपा मण्डल अध्यक्ष रोहित शर्मा, जिल्ला महामन्त्री लता सोढ़ी, जिल्ला पदाधिकारी सुनिल शर्मा, अशोक शर्मा गुड्डन, अशोक तोमर, गोपाल गर्ग, दीपक महेन्द्र आदि प्रमुख रूपमा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा