—केन्द्रबाट शैक्षणिक एवं सांस्कृतिक आदान-प्रदानले दुवै महान परम्पराको गहन बुझाई विकसित हुनेछ
वाराणसी, 14 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा त्ज़ु ची बौद्ध फाउण्डेशन, ताइवान औ काशी हिन्दू विश्वविद्यालय (बीएचयू)- बीच बौद्ध अध्ययनमाथि केन्द्रित एक शोध केन्द्र स्थापना गरिनेछ। यो केन्द्र बीएचयूको कला विभाग अधिनस्थ पाली एवं बौद्ध अध्ययन विभागको तत्वावधानमा स्थापना गरिनेछ।
मंगलवार यस आशयको जानकारी विश्वविद्यालयको जनसम्पर्क कार्यालयले दिएको हो। जानकारी मुताविक त्जु ची फाउण्डेशनको 13 सदस्यीय प्रतिनिधिमण्डल जसको अगुवाई फाउण्डेशनका उपाध्यक्ष लिन पी यूले गरे,-ले बीएचयूको दौड़ाह गऱ्यो। उनीहरूसित सिओ एवं अन्य विशिष्ट सदस्यहरू पनि उपस्थित थिए।
प्रतिनिधिमण्डलले बीएचयू कुलपति प्रो. अजीत कुमार चतुर्वेदीसित भेट गऱ्यो। कुलपतिले यस पहललाई स्वागत गर्दै विश्वविद्यालयको पक्षबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए। उनले भने, विश्वविद्यालयले प्रस्तावित केन्द्रको स्थापनाको लागि आवश्यक औपचारिकताहरूलाई शीघ्रताले पूर्ण गर्नेछ।
जनसम्पर्क अधिकारी अनुसार प्रस्तावित केन्द्र पूर्णतः शोध आधारित संस्था हुनेछ जसको उदेश्य बौद्ध धर्मका क्लासिकल ग्रन्थहरू, शोधपत्रहरू तथा व्याख्यानहरूको श्रृङ्खला अध्ययन, अनुवाद एवं प्रकाशन हुनेछ। यो केन्द्र थेरेवाद तथा महायान दुवै परम्पराहरूको अध्ययन एवं प्रसारको लागि समर्पित हुनेछ भने शैक्षणिक एवं सांस्कृतिक आदान-प्रदानको माध्यमबाट यी दुवै महान परम्पराहरूको गहन बुझाईलाई विकसित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा