तूफानगञ्जमा दुई भाजपा कार्यालयमा तोड़फोड़, आरोप तृणमूलमाथि
तूफानगञ्जमा दुई भाजपा कार्यालयमा तोड़फोड़, आरोप तृणमूलमाथि


कुचबिहार, 14 अक्टोबर (हि.स)। जिल्लाको तूफानगञ्जमा अवस्थित भाजपाका दुई वटा कार्यालयहरूमा तोड़फोड़ गरेको आरोप तृणमूल कंग्रेसमाथि लागेको छ। यसले गर्दा गए सोमवार अबेर राति तूफानगञ्ज-1 ब्लकको नाटाबाड़ी विधानसभा अधिनस्थ चिला खाना-2 ग्राम पञ्चायतस्थित घोघरकुठी र देवचराई मोड़ क्षेत्रमा फेरि तनाउ व्याप्त भयो।

वास्तवमा दुर्गापुर सामूहिक दुष्कर्म मामिलामा भाजपाद्वारा तूफानगञ्ज पुलिस थानामा ज्ञापन सुम्पिइएको विषयमा तृणमूल-भाजपामाझ भएको झड़पको कारण सोमवार अपरान्ह तूफानगञ्ज शहर लगभग रणक्षेत्रमा परिणत भएको थियो। घटनामा दुव पक्षक चार जना मानिसहरू घाइते भएका थिए। यद्यपि पुलिसले पछि स्थितिलाई नियन्त्रण गऱ्यो।

अर्कोतिर घटनापछि गए सोमवार अबेर राती भाजपाले आरोप लगायो, तृणमूलले नै उनीहरूको दुवै पार्टी कार्यालयमा तोड़फोड़ गरेको हो। पार्टी कार्यालयमा राखिएको टीभी, फर्नीचर आदि तोड़िएको छ। यस घटनाको कारणले क्षेत्रमा फेरि व्यापक तनाउ फैलियो।

नाटाबाड़ी विधानसभा अन्तर्गत भाजपाका तीन नम्बर ​​मण्डल अध्यक्ष चिरञ्जीत दासले आरोप लगाए, दिउँसोभएको झड़पपछि राती हाम्रो दुई वटा पार्टी कार्यालयमा हमला गरियो। तृणमूलका गुण्डाहरूले हाम्रो कार्यालयमा तोड़फोड़ गरिदिएका छन्। यो तृणमूलको पूर्ण सुनियोजित हमला थियो। यदि तृणमूलको यस आतंकविरूद्ध तुरून्त कारबाही भएन भने हामी एक लोकतान्त्रिक आन्दोलन शुरू गर्नेछौं।

यसबीच चिलखाना-2 तृणमूल युवा अध्यक्ष सुमन रहमानले सबै आरोपहरूलाई खण्डन गर्दै भने, यस घटनासित तृणमूलको कुनै लिनु-दिनु छैन। भाजपाले आफै मनमानी गरेर राजनीतिक सहानुभूति बटुल्ने चेष्टा गरिरहेको छ। यद्यपि यस घटनाको कारण दुवै क्षेत्रमा तनाउ फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande