केसीपी (पीडब्ल्यूजी) कार्यकर्ता समेत दुई पक्राउ
केसीपी (पीडब्ल्यूजी) कार्यकर्ता समेत दुई पक्राउ


इम्फाल, 14 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले अभियान चलाउँदै कांगलीपाक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप)- का एकजना कार्यकर्ता औ बलजफ्ती असुली गर्ने एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालयले सोशल मीडियामा जारी एक अधिकारिक बयानमा बतायो, इम्फाल पश्चिम जिल्लाको पटसोई पुलिस स्टेशन अन्तर्गत पटसोई पार्ट-4 क्षेत्रमा संचालित अभियानमा इम्फाल पश्चिमको लुकर मायाई लेइकाई निवासी नाओरेम थेम्बुंग (24) नामक एकजना केसीपी (पीडब्ल्यूजी) सदस्यलाई पक्राउ गरियो। यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले तेंगनौपाल जिल्लाको एल मिनौ-कोइजाम क्षेत्रबाट बलजफ्ती असुलीको आरोपमा लिशांगथेम सुरचन्द्र सिंह (48)-लाई पक्राउ गरे। यस अवधि एउटा जिप्सी, दुई वटा मोबाइल फोन र बलजफ्ती असलीको दस्तावेज भएको रसिद बुक जफत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande