मानस राष्ट्रिय उद्यानसित जुबिन गर्गको थियो गहिरो लगाउ
मानस राष्ट्रिय उद्यानसित जुबिन गर्गको थियो गहिरो लगाउ


बाक्सा (असम), 14 अक्टोबर (हिस.)। असमस्थित विश्व धरोहर क्षेत्र मानस राष्ट्रिय उद्यानसित गायक जुबिन गर्गको गहिरो लगाउ थियो। स्थानीय सिखिरी कटेजका मालिक शक्ति सिंहले बताए, मन लाग्नसाथ जुबिन गर्ग राष्ट्रिय उद्यानमा आउँथे। मानस राष्ट्रिय उद्यानको भ्रमण गर्ने क्रममा जुबिनले दुई पटक मानसको बांभभारी रेञ्जको सिखिरी कटेजमा रात बिताइसकेका छन्। असमका प्रसिद्ध गायक जुबिन गर्गको मृत्यु भएको एक महिना बित्न लागेको छ। गत 19 सेप्टेम्बरमा सिंगापुरमा संदिग्ध परिस्थितिमा उनको मृत्यु भएको थियो।

मीडियासित बातचित गर्दै कजेटका मालिक शक्ति सिंहले भने, एकपटक मानस राष्ट्रिय उद्यानमा जुबिन गर्गले जीप सफारी गरिरहेका थिए, अचानक विशाल गैंड़ा उनको अगाड़ि आइपुग्यो। जुबिनले उक्त गैंड़ालाई 'गो ब्याक, गो ब्याक' भने, गैंंड़ा पनि पछि हट्यो। जुबिन गर्गले मानस राष्ट्रिय उद्यानलाई लिएर जुलू नामक एक फिल्म बनाउने योजना बनाएका थिए, तर उनको मृत्युले उनको यो सपना अनि योजनालाई पूरा हुन दिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande