जुबिन गर्गको मृत्युः सिंगापुरबाट आएका दुई असमिया प्रवासीहरूसित सीआईडीको जाँचबुझ
जुबिन गर्गको मृत्युः सिंगापुरबाट आएका दुई असमिया प्रवासीहरूसित सीआईडीको जाँचबुझ


गुवाहाटी, 14 अक्टोबर (हि.स.)। प्रसिद्ध गायक जुबिन गर्गको रहस्यमय मृत्युको जाँचमा मंगलवार फेरि महत्वपूर्ण मोड़ आयो जतिबेला सिंगाबुरबाट दुईजना असमिया प्रवासी जाँचबुझको लागि सीआईडी कार्यालयमा पुगे।

विशेष जाँच दल (एसआईटी)- का प्रमुख औ सीआईडीका विशेष डीजीपी मुन्ना प्रसाद गुप्ताले बताए, अभिमन्यु तालुकदार र तन्मय फुकन नामक दुवै एनआरआईले जाँचमा सहयोग गर्नका निम्ति गुवाहाटीस्थित सीआईडी मुख्यालयमा उपस्थिति दर्ता गराए।

सूत्र अनुसार तन्मय फूकनले त्यो यट बुक गरेका थिए जुन यस मामिलाको केन्द्रमा छ जबकि अभिमन्यु जो सिंगापुर असम एसोसिएशनका अध्यक्ष हुन्-लाई फुक्नले पहिला नै यट पार्टीको बारेमा सूचित गरेका थिे। एसआईटीले अब त्यो पार्टीसित सम्बन्धित सबै पाक्ष र वार्ताहरूको जाँच गरिरहेको छ।

दुवैले मंगलवार सीआईडी समक्ष आफ्नो बयान दर्ता गराएका छन् जसबाट जाँचलाई नयाँ प्रमाण हात लाग्ने आशा व्यक्त गरिँदैछ। यस मामिलामा अहिलेसम्ममा सातजना असमिया प्रवासीहरूले आफ्नो बयान दर्ता गराइसकेका छन्। यसपूर्व रूपकमल कलिता, जलोंगसत नार्जारी, परिक्षित शर्मा औ सिद्धार्थ बोरासित जाँचबुझ गरिएको थियो जसमध्ये तीनजनाले सीजेएम कोर्टमा पनि आफ्नो बयान दर्ता गराए। यसरी नै गए 13 अक्टोबरमा भास्करज्योति दत्तासित पनि लगभग दुई घण्टासम्म जाँचबुझ गरिएको थियो।

एसआईटी अधिकारीहरू अनुसार टीमले यस मामिलाको हरेक पाटोको गहिराई पूर्वक जाँच गरिरहेको छ ताकि घटनाक्रमको सठीक श्रृङ्खलालाई स्थापित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande