सीएपीका उपाध्यक्ष किरण जिम्बामाथि हमला, एसकेएमको हात रहेको आरोप
Kiran zimba


गान्तोक, 14 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका उपाध्यक्ष किरण जिम्बामाथि हमला भएको छ। जिम्बामाथि हिजो, सोमवार रिनाकमा हमला भएको सीएपीले बताएको छ। सीएपीले यस हमलामा एसकेएम पार्टीको हात रहेको आरोप पनि लगाएको छ।

सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, 'यस्ता कायरतापूर्ण हिंसात्मक कार्यहरूले सत्तामा बस्नेहरूको डर र निराशालाई मात्र उजागर गर्दछ।' सीएपीले पार्टीका उपाध्यक्षमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै दोषीहरू विरुद्ध तत्काल कारबाहीको माग गरेको छ। सीएपीले लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन भनी बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande