नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न 'कनेक्ट टु सीएम' र सीएमएसआईएमएसको शुभारम्भ
नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न 'कनेक्ट टु सीएम' र सीएमएसआईएमएसको शुभारम्भ


गान्तोक, 14 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा सोमवार आयोजित एक कार्यक्रममा 'कनेक्ट टु सीएम' र 'मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली' (सीएमएसआईएमएस) शुभारम्भ गरे। नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण पहल अन्तर्गत यी योजनाहरूको शुरुवात गरिएको मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटियाले आज टाशीलिङ सचिवालयमा आयोजित एक पत्रकार सम्मेलन बताए।

सचिव भोटियाले नागरिकहरू र मुख्यमन्त्री कार्यालय (सीएमओ) बीच प्रत्यक्ष सञ्चारलाई सहज बनाएर सरकारलाई जनताको नजिक ल्याउन यो पहलको तयार गरिएको स्पष्ट पारे। उनले ‘कनेक्ट टु सीएम’ पहल इन्टरनेटमा आधारित प्रणाली रहेको बताए, जसको माध्यमबाट आम जनताले आफ्ना चिन्ताहरू सिधै सीएमओसँग साझा गर्न सक्नेछन् र आवश्यक सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

उनले हेल्पलाइन नम्बरहरू 80016-81188 वा 93327-81188 मा कल गरेर नागरिकहरूले सरकारी बिदा र चाडपर्वहरूमा लगायत हरेक दिन बिहान 10:30 बजीदेखि अपराह्न 4:00 बजीसम्म यी सेवाहरू प्राप्त गर्न सक्ने जानकारी गराए।

सचिव भोटियाले यो मञ्चले नजोडिएकाहरूलाई जोड्ने र अन्तिम व्यक्तिसम्म पुग्ने उद्देश्य राखेको बताए। यसको प्रक्रियामाथि प्रकाश पार्दै उनले भने, टेलिफोन अपरेटरले कल गर्ने व्यक्तिलाई उनीहरूको नाम, अभिभावकको नाम, निर्वाचन क्षेत्र र जीपीयू जस्ता आधारभूत विवरणहरू सोध्नेछ, त्यसपछि कल गर्ने व्यक्तिको चिन्ताहरूलाई सम्बोधन गरिनेछ। पारदर्शिता र समावेशीता सुनिश्चित गर्न सबै कलहरू रेकर्ड गरिने छन्।

उनले यो मञ्च हाल प्रारम्भिक चरणमा दस अपरेटरहरूका सञ्चालन भइरहेको जानकारी गराउॅंदै जनतालाई आफ्नो पालोको लागि धैर्यपूर्वक पर्खन अपील गरे। उनले लाभार्थीहरूलाई आफ्ना चिन्ताहरूको प्रगतिको बारेमा 48 घण्टाभित्र कलब्याक प्राप्त हुने र आवश्यक दस्तावेजहरू तयार राख्न आग्रह गरे। त्यसपछि अपरेटरहरूले सम्बन्धित योजनाहरूको लागि तोकिएका नोडल अधिकारीहरूसँग समन्वय गर्नेछन् र तदनुसार अपडेट गर्ने उनले बताए।

उनले यी योजनाहरूसँग सम्बन्धित जागरुकता कार्यक्रमहरू दुर्गम तहमा सञ्चालन गरिने बताए। उनले योजना तथा विकास विभाग अन्तर्गत प्रत्येक जीपीयूमा अनुगमन पर्यवेक्षकहरू नियुक्त गरिएको छ र पञ्चायती राज विभागको सहायक निर्देशकको कार्यालय मार्फत उनीहरूलाई प्रशिक्षण र जागरुक बनाइने बताए। उनले यी सेवाहरू आजदेखि शुरू भएको जानकारी गराउॅंदै यो मञ्चले कुनै पनि अवस्थित कार्यक्रमहरूलाई प्रतिस्थापन गर्दैन, तर पूरक प्रणालीको रूपमा काम गर्छ भनी स्पष्ट पारे।

उनले ‘मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली' पारदर्शी प्रमाणीकरण प्रणाली रहेको बताए, जसले योग्य लाभार्थीहरूले विभिन्न योजनाहरूको लाभ प्राप्त गर्ने कुरा सुनिश्चित गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande