गौतमबुद्ध नगर, 14 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला गौतमबुद्ध नगरमा कासना थानामा सोमवार अबेर राति एक उद्योगपतिले रिपोर्ट दर्ता गराएर उसको फ्याक्ट्रीमा अज्ञात बदमाशहरूले एक धम्कीपूर्ण चिट्ठी पठाएर 50 लाख रूपियाँको माग गरेको बताएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
कासना थाना प्रभारी धर्मेन्द्रकुमार शुक्लाले मंगलवार बताए, उद्योगपित चन्द्र प्रकाश गोस्वामीले थानामा दर्ता गराएको रिपोर्टमा बताएका छन्, उनले थाना क्षेत्रमा एक कम्पनीलाई 2.2 करोड़मा किनेका छन्। सोमवार राति कम्पनीको गार्डले उनलाई फोन गरेर बतायो कि कम्पनीमा एउटा सेतो लिफाफा राखेको छ। जब उनले आएर लिफाफा खोलेर हेरे त्यसमा लेखिएको थियो कि 15 अक्टोबरसम्म 50 लाख रूपियाँ नदिए उनको पूरा परिवारलाई समाप्त गरिनेछ। धम्कीपूर्ण चिट्ठी पाएपछि उनको पूरा परिवार भयमा बाँचिरहेको छ। पीड़ितले पुलिससित परिवारको सुरक्षा र धम्कीपूर्ण चिट्ठी पठाउने व्यक्तिलाई यथाशीघ्र पक्राउ गर्ने माग गरेका छन्। थानेदारले बताए, उद्योगपतिलाई चिट्ठी पठाएर असूली माग्ने मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी