बंगालमा  एसआईआर लागू गर्न तयारी, 2002 का आंकडासँग 3.5 करोड मतदाताको विवरण मिलान पूरा
बंगालमा  एसआईआर लागू गर्न तयारी, 2002 का आंकडासँग 3.5 करोड मतदाताको विवरण मिलान पूरा


कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीलाई सही र अद्यावधिक बनाउने उद्देश्यले निर्वाचन आयोगले ठूलो कदम चालेको छ। राज्यमा एसआईआर लागू गर्ने तयारी अन्तर्गत करिब 3.5 करोड मतदाताको विवरण 2002 का आंकडासँग सफलतापूर्वक मिलाइएको छ।

राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले जानकारी दिॅंदै भने, यस प्रक्रियाको उद्देश्य मतदाता सूचीलाई व्यवस्थित बनाउने र दोहोरिनबाट जोगिने हो। जस मतदाताको विवरण पुराना रेकर्डसँग मेल खाएको छ, उनीहरूलाई अब नयाँ दस्तावेज पुन: प्रमाणिकरण गर्न आवश्यक पर्ने छैन।

उनले भने, “करिब सबै जिल्लामा डेटा मिलानको काम अन्तिम चरणमा छ। केवल दार्जिलिङ र जलपाइगढ़ी जिल्लामा हालैको प्राकृतिक प्रकोपका कारण केही ढिलाइ भएको छ। बाँकी जिल्लामा यो प्रक्रिया लगभग पूरा भइसकेको छ।”

अधिकारीहरूका अनुसार, बाँकी जिल्लाको काम शुक्रबारसम्म पूरा गरिनेछ र त्यसपछि सत्यापित आंकडा पोर्टलमा अपलोड गरिनेछ। यो सम्पूर्ण प्रक्रिया आगामी चुनाउ अघि मतदाता सूचीलाई अझ पारदर्शी र त्रुटिरहित बनाउनका लागि गरिएको हो।

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande