बाक्सा जेल सामु पुलिसमाथि हमलामा सामेल 19 जना आरोपीहरूलाई चिन्हित गरियो
बाक्सा जेल सामु पुलिसमाथि हमलामा सामेल 19 जना आरोपीहरूलाई चिन्हित गरियो


बाक्सा (असम), 17 अक्टोबर (हि.स.)। जुबिन गर्गको मृत्यु मामिलामा न्यायालयको आदेशमा पक्राउ पर्ने पाँचजना आरोपीहरूलाई लिएर बा्सा जिलमा पुगेको पुलिसमाथि हमला गरिएको मामिलामा सामेल 19 जना आरोपीहरूलाई चिन्हित गरिएको छ। यसको साथै पुलिसले यस सन्दर्भमा एउटा लामो सूची जारी गरेको छ।

गए बिहीवार पुलिसले 19जनामध्ये 3 जना आरोपीहरूलाई पक्राउ गरेको छ जसको पहिचान आहेला मियां, रमिज अली र निकासी निवासी कादिर अलीको रूपमा गरिएको छ। 16 जना आरोपीहरू अहिले पनि भागेका छन् जसमा मुख्य रूपमा मादुलीबारी निवासी नुरुल आलम, अल बोड़ो मुस्लिम स्टूडेण्ट यूनियन (एबीएमएसयू)- का माहिदुल इस्लाम, एबीएमएसयूका मुस्तफा अहमद, दिघलडांगाका सिबजन अलीका पुत्र, दिघलडांगाका शहिदुल, मादुलीबारका आसिक, डांगरचुबाका हामिद अली, दिघलडांगाका अब्दुल अली, आहोपाका रूपम अली, दिघलडांगाका सुलेमान अली, गरमदेऊका हरिकृष्ण पाठक, पश्चिम सुबाका चम्पक नाथ, कुएरी चौकका कुलेन डेका, विकास राय औ विदु छेत्री सामेल छन्।

यी सबै आरोपीहरूको खोजीमा पुलिसले अभियानलाई जारी राखेको छ। बाक्साकाण्डमा स्थानीय मानिसहरू सामेल नरहेको दाबी जिल्लाका स्थानीय मानिसहरूले गरेका छन्। अन्य स्थानहरूबाट आएका केही युवकहरूमाथि उक्त काण्डलाई परिणाम दिएको आरोप बाक्साका स्थानीय मानिसहरूले लगाएका छन्।

वर्तमान सम्पूर्ण जिल्लाभरि नै तनाउ व्याप्त भएको छ। प्रशासनले बतायो, गत 15 अक्टोबरको घटनामा लगभग 35 जना मानिसहरूलाई चोट लागेको थियो जसमा पुलिसकर्मी र मीडिया कर्मी सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande