केरलबाट घर फर्किएका अलिपुरद्वारका युवक बेपत्ता, परिवार चिन्तित
केरलबाट घर फर्किएका अलिपुरद्वारका युवक बेपत्ता, परिवार चिन्तित


अलिपुरद्वार,17 अक्टोबर (हि.स)। केरलबाट फर्किँरहेका फालाकाटाका एक जना युवक बीच बाटोबाटै बेपत्ता भएका छन्। बेपत्ता युवकको नाम हांजला फिरदौस हो। उक्त युवक अलिपुरद्वारको फालाकाटा ब्लक अन्तर्गत मायराडांगा ग्राम पञ्चायतको लछमंडाबरी गाउँ बासिन्दा रहेको बताइएको छ।

पारिवारिक सूत्र अनुसार हांजला फिरदौस डेढ़ महिनापूर्व राजमिस्त्रीको काम गर्न केरल गएका थिए। तिनी घर फर्किनका लागि गत आइतवार ट्रेनमा चढ़ेका थिए। उसले अन्तिम पटक सोमवार राती आफ्नी पत्नी र पितासित बातचित गरेका थिे। त्यसपछि उसको मोबाइल फोन बन्द छ। परिवारको भनाइ छ, उ मंगलवारसम्ममा घरमा आइपुग्नु पर्थ्यो। तर अहिलेसम्म आएको छैन। त्यसैले परिवार चिन्तित भएको छ। परिवारले बिहीवार न्यू मयनागुड़ी जीआरपीएफमा सिकायत दर्ता गराएको छ।

परिवारले बिहीवार फालाकाटा पुलिस स्टेशनमा पनि यस बारे जानकारी गराएको छ। यता हांजलाकी पत्नी अनवरी खातून सात महिनाकी गर्भवती छन्। अनवर खातूनले बताइन्, तिनले आफ्ना पतिसित अन्तिम पटक गत सोमवार बातचित गरेकी थिइन्। त्यसपछिदेखि उसको फोन बन्द छ। घरका सबै मानिसहरू चिन्तित भएका छन्। पुलिसमा सिकायत गरिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande