संस्थानको विकासमा सबै कर्मचारी एवं अधिकारीहरूको हमत्वपूर्ण योगदान छः प्रो योगेश सिंह
संस्थानको विकासमा सबै कर्मचारी एवं अधिकारीहरूको हमत्वपूर्ण योगदान छः प्रो योगेश सिंह


नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू)- का कुलपति प्रो. योगेश सिंहले भने, कुनै पनि संस्थानको विकासमा सबै कर्मचारी एवं अधिकारीहरूको आ-आफ्नो महत्वपूर्ण योगदान हुन्छ। कुलपतिले विश्वविद्यालयका सफाई कर्मचारी, सुरक्षा कर्मचारी औ बागवानी कर्मचारीहरूसित दीपावली मिलान कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए। यस अवसरमा उनले कर्मचारीहरूाई शल र मिठाई दिएर सम्मानित गरे।

प्रो. योगेश सिंहले सबै कर्मचारीहरूलाई दीपावलीको शुभकामना दिए। उनले भने, कुनै पनि संस्थानको लागि हरेक कर्मचारीको आफ्नो महत्व हुन्छ। यी सबै मानिसहरू संस्थानका मेरूदण्ड हुन्छन्।

कुलपतिले भने, शिक्षक, अधिकारी एवं दिद्यार्थीहरूसँगसँगै यी सबै कर्मचारीहरू पनि विश्वविद्यालयका अभिन्न अंग हुन्। यदि कुनै कार्य सुचारू रूपमा सम्पादित हुन्छ भने त्यसमा यिनीहरू सबैको कुनै न कुै रूपमा महत्वपूर्ण सहयोग अवश्य रहन्छ। यसरी नै दिल्ली विश्वविद्यालयका अन्य विभाग एवं कार्यालयहरूमा पनि अधिकार एवं कर्मचारीहरूले मिलेर दीपावली मनाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande