बीआर अम्बेडकर कलेज मामिलामा डीयूले गठन गऱ्यो जाँच समिति
बीआर अम्बेडकर कलेज मामिलामा डीयूले गठन गऱ्यो जाँच समिति


नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। दिल्ली विश्वविद्यालयले बीआर अम्बेडकर कलेजमा दिल्ली विश्वविद्यालय छात्र संघ (डूसू)- की संयुक्त सचिव दीपिका झाद्वारा एकजना विभागीय सदस्यमाथि शारीरिक हमला गरिएको घटनाको जाँच गर्नको लागि शुक्रवार डीयूले एउटा जाँच समिति गठन गरेको छ।

यस छः सदस्यीय समितिको अध्यक्षता प्राणी विज्ञान विभागकी प्रो. निता सहगलले गर्नेछन्। यो समितिले मामिलाको जाँच गर्नेछ अनि यथाशीघ्र आफ्नो तथ्यात्मक रिपोर्ट प्रस्तुत गर्नेछ।

दिल्ली विश्वविद्यालय (डीयू)- का कुलपति प्रो. योगेश सिंहले कमिटीलाई दुई साताभित्रमा आफ्नो रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ। उनले भे, मामिलाको जाँच गरेर कमिटीले चाँड़ै रिपोर्ट दिनेछ ताकि दोषीहरूमाथि उचित कारबाही गर्न सकियोस्।

जाँच कमिटीमा यसकी चेयरपर्सन प्रो. निता सहगल लगायत डीयूकी जोइन्ट प्रक्टर प्रो. ज्योति त्रेहन शर्मालाई सदस्य सचिव बनाइएको छ भने हंसराज कलेजकी प्रिन्सिपल प्रो. (डा.) रमा, पर्यावरण अध्ययनकी प्रो. स्वाति दिवाकर, पीजीडीएवी कलेजका प्रिन्सिपल प्रो. दरविन्दर कुमार र जोइन्ट प्रक्टर प्रो. अवधेश कुमारलाई सदस्यको रूपमा सामेल गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande