आरजी कर आन्दोलनका अनुहार डा. तापस प्रमाणिकले चिकित्सा सेवाबाट राजीनामा दिए
आरजी कर आन्दोलनका अनुहार डा. तापस प्रमाणिकले चिकित्सा सेवाबाट राजीनामा दिए


कोलकाता, 17 अक्टोबर (हि.स.)। राज्य संचालित आरजी कर मेडिकल कलेज एवं अस्पतालका इमरजेन्सी मेडिकल अफिसर डाक्टर तापस प्रमाणिक जो आरजी कर बलात्कार औ हत्या मामिलामा भएको आन्दोलनका प्रमुख अनुहार भएका थिए,-ले स्वास्थ्य सेवाबाट राजीनामा दिएका छन्।

यो यस सप्ताहभित्रमा आरजी कर आन्दोलनसित जोड़िएका कुनै अधिकारीको दोस्रो राजीनामा हो। यसपूर्व यसै सप्ताहको शुरूमा आरजी कर मेडिकल कलेजका पूर्व उपाधीक्षक डा. अख्तर अलीले पनि राजीनामा दिएका थिए। उनलाई यस प्रतिष्ठित संस्थानमा वित्तीय अनियमितताविरूद्ध आवाज उठाउने ‘व्हिसल ब्लोअर’- को रूपमा चिनिन्छ।

डाक्टर अख्तर अली जसको अन्तिम नियुक्ति उत्तर दिनाजपुर जिल्लाकको कलियागञ्ज स्टेट जनरल अस्पतालमा उपाधीक्षकको पदमा भएको थियो,- ले आफ्नो त्यागपत्रमा आरोप लगाए, आरजी कर सहित राज्यको स्वास्थ्य प्रणालीमा वित्तीय अनियमितताहरूलाई लिएर सक्रिय भएपछि उनी लगातार प्रशासनिक प्रताड़नाको शिकार भए।

डाक्टर तापस प्रमाणिकले आफ्नो त्यागपत्रमा लेखेका छन्, उनले “लगातार प्रशासनिक विफलता औ असहनीय कार्य परिस्थिति”- को कारणले यो कदम उठाएका हुन्। उनले बताए, आपतकालीन विभागमा रात्रिकालीन ड्यूटी अवधि मेडिसिन र चेस्ट विभागको विशेषज्ञ डाक्टरहरूको तैनाथीको माग उनले कैयौं पटक गरे, तर आरजी कर प्रशासनले उनका अपीलहरूलाई अदेखा गरिदियो।

उनले लेखे, पछिल्लो एक वर्षदेखिको यस्तो स्थिति कायम रहेको छ। प्रशासनको निरन्तर विफलता अनि अत्यधिक कार्यभारले मेरो स्वास्थ्य एवं मानसिक स्थितिमाथि गम्भीर प्रभाव परेको छ। अब यस स्थितिमा काम गर्न सम्भव भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande