मुम्बई, 17 अक्टोबर (हि.स.)। महाराष्ट्रको मुम्बईका एकजना बुजुर्ग व्यापारीलाई डिजीटल पक्राउको नाममा 58 करोड़ रुपियाँ ठग्ने तीनजना आरोपीहरूलाई साइबर पुलिसको टीमले पक्राउ गरेको छ। महाराष्ट्र साइबर पुलिसको टीमले आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।
यस मामिलाको अनुसन्धान गरिरहेको साइबर पुलिस अधिकारीले शुक्रवार बताए, यो घटना गत 19 अगस्त्देखि 8 अक्टोबरबीचमा भएको हो। साइबर ठगहरूले व्यापारी र उनकी पत्नीलाई भीडियो कल गरेर बताए, उनीहरूलाई पक्राउ गरिएको छ, तर नडराउनुहोस्। ्यस पक्राउदेखि बच्न चाहनु हुन्छ भने ब्यांक खातामा पैसा जमा गराउनुपर्छ। पक्रा पर्ने डरले सो व्यापारीले दुई महिनाभित्रमा ठगहरूले बताएको ब्यांक खातामा 58 करोड़ रुपियाँ ट्रान्सफर गरिदिए। पछि यस दम्पत्तिलाई आफूहरू ठगिएको महसूस भएपछि साइबर पुलिस विभागमा सम्पर्क गरे।
साइबर विभागले पछिल्लो सप्ताह भारतीय दण्ड संहिता र सूचना प्रौद्योगिकी अधिनियमको सम्बन्धित प्रावधानहरू अन्तर्गत मामिला दर्ता गरायो। अनुसन्धानको क्रममा थाहा लाग्यो, न्यूनतम 18 वटा ब्यांक खातामा पैसा ट्रान्सफर गराएको थियो। साइबर टीमले तत्कालै सम्बन्धित ब्यांकहरूसित सम्पर्क गरी सम्बन्धित खाताहरूमा जमा राशिलाई फ्रीज गरिदिने अनुरोध गऱ्यो। त्यसपछि साइबर टीमले तीनजना आरपीहरूलाई पक्राउ गऱ्यो। आरोपीहरूको पहिचान अब्दुल खुली (47), अरुण कड़वासरा (55) औ उनको भाइ जेठाराम (35)-को र रूपमा गरिएको छ। जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा