महिला डाक्टरले आईपीएस पति र उनको परिवारविरूद्ध दर्ता गराइन् मामिला, दाइजो उत्पीड़नको आरोप
महिला डाक्टरले आईपीएस पति र उनको परिवारविरूद्ध दर्ता गराइन् मामिला, दाइजो उत्पीड़नको आरोप


गौतमबुद्ध नगर, 17 अक्टोबर (हि.स.)। थाना सेक्टर- 126 अन्तर्गत जेपी विष टाउनमा बस्ने एकजना स्त्री रोग विशेषज्ञ महिला डाक्टरले बितेको राती कर्णाटक क्याडरका आफ्ना आईपीएस पति र उनको परिवारका सातजना सदस्यहरूमाथि दाइजो उत्पीड़न सहित विभिन्न धाराहरूमा मुद्दा दर्ता गराएकी छन्।

अप्पर पुलिस उपायुक्त (महिला सुरक्षा) मनीषा सिंहले बताइन्, डाक्टर कीर्ति सिंहले गए राती थाना सेक्टर- 126 मा रिपोर्ट दर्ता गराएकी छन्। उनले आफ्नो रिपोर्टमा आफ्ना पति शिवांशु राजपूत (वर्ष 2019 ब्याचको कर्णाटक क्याडरका आईपीएस) तथा उनका पिता राम प्रकाश राजपूत, आमा आशा राजपूत, भाइ हिमांशु राजपूत, देवरानी रीमा सिंह, तुषार श्रीवास्तव तथा विभोर कुमार श्रीवास्तवको नाम उल्लेख गरेकी छन्। अप्पर पुलिस उपायुक्तले बताइन्, पीड़िता अनुसार उनको विवाह वर्ष 2021-मा आगराको पाँच तारा होटल जेपी प्यालेसमा भएको थियो। अब पति सहित सम्पूर्ण परिवारले दाइजोको नाममा उनलाई प्रताड़ित गरिरहेका छन्। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande