उत्तर 24 परगना, 17 अक्टोबर (हि. स.)। भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा दक्षिण बंगाल फ्रण्टियरको 143औं बटालियनका सतर्क जवानहरूले सुन तस्करी गर्ने एउटा ठूलो प्रयासलाई विफल बनाइदिएका छन्। तस्करलाई 579 ग्रामको एउटा सुनको बिस्कुटसितै पक्राउ गरिएको छ जसको मूल्य 76.50 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।
यो कारबाही गए बिहीवार हाकिमपुर बोर्डर आउटपोस्ट क्षेत्रमा गरिएको हो।
गुप्त सूचनाको आधारमा बीएसएफका जवानहरूले हाकिमपुर बजारदेखि स्वरूपदेहतर्फ गइरहेको एक संदिग्ध कारलाई रोकेर जाँच गरे जसमा ड्याशबोर्डमा कालो टेपले टाँसिएको एउटा धातु भेटियो। त्यसलाई खोलेर हेर्दा भित्र सुनको बिस्कुट थियो। पक्रा पर्ने आरोपी, सुनको बुस्कुट र वाहनलाई अग्रिम कारबाहीको निम्ति सम्बन्धित विभागलाई सुम्पिइएको छ।
बीएसएफ दक्षिण बंगाल फ्रण्टियरका जनसम्पर्क अधिकारीले भने, सीमा सुरक्षा बल सीमामा सबै प्रकारका अवैध गतिविधिहरूलाई रोक्को लागि पूर्ण सक्षम छ। उनले सीमा क्षेत्रका बासिन्दाहरूसित अपील गरे, सुन तस्करी होस् वा कुनै पनि प्रकारको अवैध गतिविधिको सूचना बीएसएफको ‘सीमा साथी हेल्पलाइन नम्बर 14419’-मा दिइयोस् वा व्हाट्सएप/भोइस म्यासेज नम्बर 9903472227 -मा पठाइयोस्।
उनले विश्वसनीय जाकारी दिनेहरूलाई उचित इनाम दिने अनि पहिचान गोपनीय राखिने आश्वासन पनि दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा