हरियाणा भयो सुशासनको मोडलः मोहनलाल बड़ौली
हरियाणा भयो सुशासनको मोडलः मोहनलाल बड़ौली


सोनीपत, 17 अक्टोबर (हि.स.)। भाजपा प्रदेशाध्यक्ष मोहनलाल बड़ौलीले भने, हरियाणामा भाजपा सरकारको तेस्रो कार्यकालको एक वर्ष पूरा भएकोमा प्रदेश विकास, सुशासन एवं पारदर्शिताको नयाँ पहिचान बन्न पुगेको छ। शुक्रवार सोनीपतमा रेलवे रोडस्थित लोक निर्माण विभागको विश्राम गृहमा आयोजित पत्रकार वार्तामा उनले प्रदेशवासीहरूलाई दीपावलीको शुभकामना दिए अनि उपलब्धिहरू बारे बताए।

प्रदेशाध्यक्षले बताए, भाजपाले आफ्नो संकल्प पत्रमा हरियाणाका जनतासित 217 वटा वाचा गरेको थियो जसमा 48 वटा वाचा पूरा भइसकेको छ भने 90 वटा वाचा यस वर्ष 2025-को अन्तसम्ममा पूरा हुनेछ। उनले भने, भाजपाले जे भन्छ त्यो गर्छ। यसै विश्वासले जनताले तेस्रो पटक पनि भाजपालाई जिताएका हुन्।

राज्यमा सेवाको अवसर दिएको छ। हालैमा भएको नगर निकाय चुनाउमा भाजपाको ऐतिहासिक जीत यसको प्रमाण हो। हरियाणा देशको पहिलो राज्य हो जहाँ 24 वटा फसलहरूको खरिद न्यूनतम समर्थन मूल्यमा गरिन्छ। किसानहरूलाई भुक्तातन सोझै खातामा गरिन्छ। मेरो फसल-मेरो

ब्यौरा जस्ता योजनाहरूबाट किसानहरूलाई सोझै लाभ प्राप्त हुन्छ। महिला सशक्तिहरूको लागि 'लाड़ो लक्ष्मी' योजना शुरू गरिएको छ जसान्तर्गत पात्र महिलाहरूलाई 21 सय रुपियाँं आर्थिक सहयोग प्राप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande