कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले बिहार विधानसभा चुनाउमा महागठबन्धनको जीतप्रति भरोसा व्यक्त गरे
कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले बिहार विधानसभा चुनाउमा महागठबन्धनको जीतप्रति भरोसा व्यक्त गरे


मैसूर, 17 अक्टोबर (हि.स.)। कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले विश्वास व्यक्त गरेका छन्, बिहार विधानसभा चुनाउमा भारती राष्ट्रिय विकासात्मक समावेशी गठबन्धन (इण्डी गठबन्धन)-ले जीत हासिल गर्नेछ अनि राज्यमा सरकार बनाउनेछ।

मैसूर हवाईअड्डामा मीडियासित बातचित गर्दै सिद्धारमैयाले भने, बिहारका जनता परिवर्तन चाहन्छन् र उनलाई पूर्ण विश्वास छ कि यसपालि बिहारमा परिवर्तन अवश्य आउनेछ। उनले भने, राहुल गान्धीको पदयात्रालाई प्राप्त अभूतपूर्व जनसमर्थनले यो सुनिश्चित गरिदिएको छ कि जीत हाम्रो (इण्डी गठबन्धन)-को हुनेछ। मुख्यमन्त्रीले भने, यदि उनलाई बिहार विधानसभा चुनाउमा प्रचारको निम्ति बोलाए अवश्य जानेछन्।

यस अवधि एकजना पत्रकारले प्रश्न गरे, के बिहार चुनाउको परिणामले कर्णाटकको राजनीतिलाई पनि प्रभावित पार्नेछ? उनले जवाफस्वरूप भने, कुनै पनि राज्यको परिणामले कुनै पनि राज्यलाई प्रभावित पार्नेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande